अपांगमैंत्री र आधुनिक सुविधा सम्पन्न रहने गरी केराबारी गाउँपालिका कार्यालयको तीनतले भवन शिलान्यास

  • प्रकाशित मितिः बैशाख ८, २०७८
  • उज्यालो प्रदेश
alt

केराबारी गाउँपालिका कार्यालयको भवन शिलान्यास
केराबारी । आगामी २ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी मोरंगा केराबारी गाउँपालिका कार्यालय भवनको वुधबार शिलान्यास गरिएको छ ।
अत्याधुनिक सुविधा सम्पन्न, अपांङमैत्री रहने सो भवन गाउँपालिका अध्यक्ष रोहित वहादुर कार्की र उपाध्यक्ष शान्तिकुमारी लिम्बू भूजेलले संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो ।

बुधबार एक कार्यक्रमका विच शिलान्यास गरिएको सो भवन निर्माणका लागि केराबारी १० का विभिन्न व्यक्तिहरुले १० कठ्ठा जग्गा दान गर्नुभएको थियो ।  सो क्षेत्रफलमा पालिकाले ६४ लाखमा थप ८ कठ्ठा जग्गा खरिद गरेपछि भवन निर्माणमासहजता भएको हो ।

१८ कठ्ठा क्षेत्रफलमा निर्माण सम्पन्न गर्ने गरी भवनको शिलान्यास गरिएको पालिका अध्यक्ष कार्कीले वताउँनुभयो । २४ महिनाभित्र सक्ने गरी निर्माणको जिम्मा पाएको श्रीड्यागन बिके कामाख्य र जेभी न्यु बानेश्वरले ४ करोड ४७ लाख १६ हजार ९ सय ७५ मा निर्माण सम्झौता गरेको छ ।

IMG_3279

 

 

 

 

प्रतिक्रिया दिनुहोस

ओलीले दुइबुँदे प्रतिबद्धता जनाए विश्वासको पक्षमा मतदान गर्न नेपाल समुह तयार

दुईबुँदे प्रतिबद्धताको माग अघि सार्दै एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका सांसदले अध्यक्ष केपी ओलीसँग सहमतिको रोड्म्याप तयार पारेका छन् । ...

केराबारीमा आइतबार ६ जनाको संक्रमण पुष्टि, संक्रमितको संख्या १८ पुग्यो

 केराबारी । मोरंगको केराबारी गाउँपालिकामा आइतवार थप ६ जना कोरोना संक्रमण पुष्टि भएको छ । केराबारी गाउँपालिका स्तरीय स्वास्थ्य शाखाका अनुसार वडा न ...

प्रधानमन्त्रीलाई विश्वासको मत दिन एमालेको ह्वीप

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभामा भोलि हुने मतदानमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने प्रस्तावको पक्षमा मत दिन सांसदहरूलाई ह्वीप ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved