सुन्दरहरैंचामा अन्तरपालिका मेयर कप शुरु लेटाङको विजयी शुरुवात

  • प्रकाशित मितिः बैशाख ७, २०७८
  • उज्यालो प्रदेश
alt

मोरङ(सुन्दरहरैचा) । मोरङको सुन्दरहरैचा नगरपालिकामा सोमबारबाट शुरु भएको प्रथम सुन्दरहरैचा मेयरकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा बेलबारी नगरपालिका लाई पराजित गर्दै लेटाङ नगरपालिका विजयी भएको छ ।
निर्धारित समयमा दुवैबाट टिमबाट गोल नभएपछि ट्राईब्रेकरमा परिणत भएको थियोे ।

IMG_20210419_181013 copy
ट्राईब्रेकरमा लेटाङको तर्फबाट यमन मगर, सुन्दर साँवा लिम्बु, समन तामाङ र टिम क्याप्टेन अभिषेक लिम्बुले गोल गरेका थिए । गोल किपर अजित श्रेष्ठको प्रहार भने गोलपोष्टको माथिबाट बाहिरिएको थियो ।
त्यसैगरी बेलबारीका तर्फबाट टिम क्याप्टेन देवेन धिमाल, कासिम राई र मिलन परियारले गोल गरेका थिए । बेलबारीका किरण लिम्बु र अरुण लिम्बुले गरेको प्रहार भने लेटाङका गोलकिपर अजित श्रेष्ठले बचाउ गरेका थिए । खेलको म्यान अफ दि म्याच लेटाङका अजित श्रेष्ठ बनेका थिए ।

DSC_3863 copy
सुन्दरहरैचा १२ स्थित शुक्रबारे खेलमैदानमा भएको प्रतियोगिताको उद्घाटन गर्दै सुन्दरहरैचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले खेल र खेलाडीको विकासमा टेवा पुगोस् भन्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको बताएका छन् ।
कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको उद्घाटन अघि विभिन्न जातीय संस्था तथा शैक्षिक संस्थाहरुले झाँकी प्रस्तुत् गरेका थिए । शुक्रबारे युवा क्लवको व्यवस्थापनमा भएको प्रतियोगिता, सुन्दरहरैचा नगरपालिकाको आयोजना तथा सुन्दरहरैचा वडा नं १२ को सह आयोजना रहेको छ । प्रतियोगिताको विजेताले नगद तीन लाख र उप विजेताले एक लाख पचास हजार रुपैया प्राप्त गर्नेछन् । मंगलबार हुने खेलमा रतुवामाई नगरपालिका र उर्लाबारी नगरपालिका बीच हुनेछ । प्रतियोगिताको फाईनल खेल बैशाख १४ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस

ओलीले दुइबुँदे प्रतिबद्धता जनाए विश्वासको पक्षमा मतदान गर्न नेपाल समुह तयार

दुईबुँदे प्रतिबद्धताको माग अघि सार्दै एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका सांसदले अध्यक्ष केपी ओलीसँग सहमतिको रोड्म्याप तयार पारेका छन् । ...

केराबारीमा आइतबार ६ जनाको संक्रमण पुष्टि, संक्रमितको संख्या १८ पुग्यो

 केराबारी । मोरंगको केराबारी गाउँपालिकामा आइतवार थप ६ जना कोरोना संक्रमण पुष्टि भएको छ । केराबारी गाउँपालिका स्तरीय स्वास्थ्य शाखाका अनुसार वडा न ...

प्रधानमन्त्रीलाई विश्वासको मत दिन एमालेको ह्वीप

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभामा भोलि हुने मतदानमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने प्रस्तावको पक्षमा मत दिन सांसदहरूलाई ह्वीप ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved