बैशाख ६ गते देखि सुन्दरहरैचा मेयर कप फुटबल प्रतियोगिता हुने

  • प्रकाशित मितिः बैशाख ३, २०७८
  • उज्यालो प्रदेश
alt

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालीकामा प्रथम सुन्दरहरैचा मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । सुन्दरहरैचा नगरपालिकाद्धारा आयोजित मेयरकपमा मोरङका ९ वटा नगरपालिकाहरुको सहभागिता रहने शुक्रवार नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा बताईएको छ ।
बैशाख ६ गते देखि शुरु हुने प्रतियोगितामा बेलबारी,लेटाङ,पथरीशनिश्चरे, सुनवर्षी,उर्लाबारी, रतुवामाई, रंगेली , विराटनगर उपमहानगरपालिका र आयोजक सुन्दरहरैंचा नगरपालिका बीच प्रतिश्पर्धा हुने भएको छ । प्रतियोगिताको प्रत्यक्ष प्रशारण उज्यालो प्रदेश मिडियाबाट हुनेछ भने प्रतियोगिताको विजेताले नगद रु ३ लाख र उपविजेताले एक लाख पचास हजार रुपैया पुरस्कार राशी पाउनेछन् । फुटबल खेलको विकास र स्थानीय खेलाडीको वृद्धि विकासका लागि प्रतियोगिताको आयोजना गरिएको सुन्दरहरैचा नगरपालिकाका मेयर शिवप्रसाद ढकालले बताए ।
सुन्दरहरैंचा १२ स्थित शुक्रवारे खेलमैदानमा हुने खेलमा वडा नं १२ सह आयोजक र शुक्रवारे युवा क्लवको व्यवस्थापनमा कार्यक्रम हुने भएको छ । गतसाल नै संचालन हुन लागेको प्रतियोगिता कोरोना महामारीको कारण रोकिएको थियो । पत्रकार सम्मेलनमा नगरका उपमेयर धना तामाङ, एन्फाका जिल्ला महासचिव प्रकास मास्के , वडा नं १२ का वडाध्यक्ष रोशन ढकाल , शुक्रवारे युवा क्लवका अध्यक्ष जय चौधरीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

ओलीले दुइबुँदे प्रतिबद्धता जनाए विश्वासको पक्षमा मतदान गर्न नेपाल समुह तयार

दुईबुँदे प्रतिबद्धताको माग अघि सार्दै एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका सांसदले अध्यक्ष केपी ओलीसँग सहमतिको रोड्म्याप तयार पारेका छन् । ...

केराबारीमा आइतबार ६ जनाको संक्रमण पुष्टि, संक्रमितको संख्या १८ पुग्यो

 केराबारी । मोरंगको केराबारी गाउँपालिकामा आइतवार थप ६ जना कोरोना संक्रमण पुष्टि भएको छ । केराबारी गाउँपालिका स्तरीय स्वास्थ्य शाखाका अनुसार वडा न ...

प्रधानमन्त्रीलाई विश्वासको मत दिन एमालेको ह्वीप

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभामा भोलि हुने मतदानमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने प्रस्तावको पक्षमा मत दिन सांसदहरूलाई ह्वीप ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved