विराटनगरलाई हराउँदै एपिएफ फाइनलमा

  • प्रकाशित मितिः बैशाख १, २०७८
  • उज्यालो प्रदेश
alt

विराटनगर । सशस्त्र प्रहरी बलको एपिएफ क्लब छैटौँ संस्करणको विराट गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलको खेलमा घरेलु टोली विराटनगर–११ लाई ३–२ गोलले हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो ।

विराटनगरस्थित सहिद रङ्गशालामा भएको खेलमा एपिएफलाई जिताउन मणि लामा, सनिश श्रेष्ठ र रवि थिङले समान एक–एक गोल गरे । विराटनगरका प्रकाश बुढाथोकी र स्टेफन समीरले समान एक–एक गोल गरे ।

खेलको निर्धारित समय २–२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । जसमा मणिले गोल गर्दै एपिएफलाई जिताए ।

खेलको २६औँ मिनेटमा शनी श्रेष्ठले गोल गर्दै एपिएफलाई पहिलो हाफमा अग्रता दिलाएका थिए । खेलको ५४आँै मिनेटमा स्टेफन समीरले गोल गरेपछि विराटनगर बराबरीमा फर्कियो ।

खेलको ६७औँ मिनेटमा रवि थिङले गोल गर्दै एपिएफलाई पुनः अग्रता दिलाए । त्यसको दुई मिनेट नबित्दै प्रकाश बुढाथोकीले गोल गर्दै विराटनगरलाई फेरि बराबरीमा फर्काएका थिए ।खेलको म्यान अफ द म्याच मणि लामा भए ।

अब एपिएफले फाइनलका लागि सङ्कटा र पञ्जाब पुलिसबीचको विजेता टोलीसँग उपाधिका लागि खेल्नेछ । दोस्रो सेमिफाइनलअन्तर्गत सङ्कटा र पञ्जाब पुलिसले बिहीबार साँझ ७ बजे हुनेछ ।

विराटनगरले शनिबार पहिलो क्वार्टरफाइनलमा भारतको युनाइटेड फुटबल क्बल वेस्ट बङ्गाललाई ३–० गोलले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको थियो भने एपिएफले सोमबार भएको चौथो तथा अन्तिम क्वार्टरफाइनलमा नेपाल पुलिस क्लबमाथि २–० गोलको जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको थियो ।

त्यसअघि आइतबार भएको दोस्रो क्वार्टरफाइनल खेलमा ‘ए’ डिभिजन लिग विजेता मछिन्द्र क्लब काठमाडौँलाई २–० गोलले हराउँदै पन्जाब पुलिसले अन्तिम चारमा स्थान पक्का गरेको हो भने मङ्गलबार चौथो तथा अन्तिम क्वार्टरफाइनल खेलमा क्यामरुनको अफ्रिकन रुट्स एसोसियसनमाथि १–० गोलको जित निकाल्दै सङ्कटा अन्तिम चारमा प्रवेश गरेको हो ।

आगामी वैशाख ४ गतेसम्म हुने प्रतियोगितामा नेपाली र विदेशी गरेर १० टिमको सहभागिता छ । प्रतियोगिताका विजेताले १५ लाख १५ रुपैयाँ र ट्रफी तथा उपविजेताले सात लाख ५१ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।

प्रतियोगितामा विभिन्न सातवटा विधामध्ये उत्कृष्ट प्रशिक्षक, गोलरक्षक, व्यवस्थापक, मिड फिल्डर, डिफेन्स, गोलकर्ता र टिमले समान नगद २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यसबाहेक प्रत्येक खेलमा उत्कृष्ट हुने खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल दिइने छ ।

प्रतिक्रिया दिनुहोस

ओलीले दुइबुँदे प्रतिबद्धता जनाए विश्वासको पक्षमा मतदान गर्न नेपाल समुह तयार

दुईबुँदे प्रतिबद्धताको माग अघि सार्दै एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका सांसदले अध्यक्ष केपी ओलीसँग सहमतिको रोड्म्याप तयार पारेका छन् । ...

केराबारीमा आइतबार ६ जनाको संक्रमण पुष्टि, संक्रमितको संख्या १८ पुग्यो

 केराबारी । मोरंगको केराबारी गाउँपालिकामा आइतवार थप ६ जना कोरोना संक्रमण पुष्टि भएको छ । केराबारी गाउँपालिका स्तरीय स्वास्थ्य शाखाका अनुसार वडा न ...

प्रधानमन्त्रीलाई विश्वासको मत दिन एमालेको ह्वीप

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभामा भोलि हुने मतदानमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने प्रस्तावको पक्षमा मत दिन सांसदहरूलाई ह्वीप ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved