उपत्यकामा २०१ सहित देशभर थपिए ५१७ कोरोना संक्रमित, पाँचको मृत्यु

  • प्रकाशित मितिः चैत्र ३१, २०७७
  • उज्यालो प्रदेश
alt

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप ५१७ जनामा कोरोना पुष्टि भएको छ ।
४६० जना पिसिआर र ५७ जना एन्टिजेन परीक्षणमा गरी ५१७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ८० हजार ९८४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ३ हजार ६०८ जना आइसोलेसनमा छन् । यसअघि सोमबार ५५९ जना कोरोना संक्रमित भेटिएका थिए ।

गत २४ घण्टामा ५ हजार २०३ जनाको पिसिआर परीक्षण भएको छ । योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २३ लाख २१ हजार ६७० पुगेको छ । गत २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ हजार ५८ पुगेको छ । हाल ८५ जना क्वारेन्टाइनमा छन् ।

गत २४ घण्टामा १५३ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ७४ हजार ३१८ जना पुगेको मन्त्रालयले जनाएको छ । कुल संक्रमितमध्ये २०१ जना मात्र काठमाडौं उपत्यकामा भेटिएका छन् । काठमाडौंमा १६१, ललितपुरमा २८ र भक्तपुरमा १२ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

ओलीले दुइबुँदे प्रतिबद्धता जनाए विश्वासको पक्षमा मतदान गर्न नेपाल समुह तयार

दुईबुँदे प्रतिबद्धताको माग अघि सार्दै एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका सांसदले अध्यक्ष केपी ओलीसँग सहमतिको रोड्म्याप तयार पारेका छन् । ...

केराबारीमा आइतबार ६ जनाको संक्रमण पुष्टि, संक्रमितको संख्या १८ पुग्यो

 केराबारी । मोरंगको केराबारी गाउँपालिकामा आइतवार थप ६ जना कोरोना संक्रमण पुष्टि भएको छ । केराबारी गाउँपालिका स्तरीय स्वास्थ्य शाखाका अनुसार वडा न ...

प्रधानमन्त्रीलाई विश्वासको मत दिन एमालेको ह्वीप

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभामा भोलि हुने मतदानमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने प्रस्तावको पक्षमा मत दिन सांसदहरूलाई ह्वीप ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved