मोरङमा बाबुछोराको विवादमा बाबुको मृत्यु

  • प्रकाशित मितिः चैत्र २९, २०७७
  • उज्यालो प्रदेश
alt

विराटनगर । मोरंगको विराटनगर महानगरपालिका–८ बलुवाईमा शनिबार राति बाबुछोराको झगडा हुँदा बाबुको मृत्यु भएको छ ।
दैनिक मजदुरी गर्दै आएका छोरा र सामान्य मदिरा पसल गर्दै आएका बाबु विच साझ अवेरसम्म मदिरा विक्री गरी पसल खोलेको विषयमा विवाद हुँदा बाबु ५४ वर्षीय विको सहनी मुखियाको मृत्यु भएको हो।

बाँसको भाटाको बेरा लगाएर बनाइएको घरमा पसल राखेर घरेलु मदिरा बिक्री गर्ने गरेका बाबुलाई विवाद भएपछि माइलो छोरोले धकेल्दा लडेको र बासले घाटीमा रोपिएपछि मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताएका छन् ।

विकोको कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घरमा विकोको जेठो छोरा लेटु सहनी मुखिया ज्वरो आएर बिरामी परेका थिए। उनलाई उपचारका लागि अस्पताल लैजान एम्बुलेन्स बोलाइएको थियो। जेठो छोरालाई लिन आएको एम्बुलेन्समै राखेर माइलो छोरासँगको झगडामा घाइते भएका विकोलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ।

विकोका तीन छोरामध्ये जेठो र माइलो माछा मारेर परिवार चलाउँथे। कान्छो छोरा बब्लु बिस्कुट उद्योगमा काम गर्छन्। छोराहरु विको र उनकी पत्नी सुम्नी सहनी मुखियाबाट अलग भएर आआफ्नै घरमा बस्थे। विको र पत्नी सुम्नी पनि अलगअलग बस्दै आएको खुलेको छ।

अलगअलग बस्ने भए पनि परिवारका सबै जनाको घरको साँध र सिमाना भने जोडिएको छ। घटना भएका बेला विकोका जेठो र कान्छो छोरा पनि घरमै रहेको खुलेको प्रहरीको भनाइ छ। घटनापछि उनका माइलो छोरा रवि फरार बनेका छन्। उनको खोजी तीव्र पारेको प्रहरीले कान्छो र जेठो छोरालाई भने नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाएको छ।

विकोकी पत्नी सुम्नीले विगतमा बाबु र छोराबीच कुनै पनि विवाद नरहेको सुनाइन्। ‘पसल खुला राखेको विषयमा बाबु र छोराबीच विवाद भयो’, उनले भनिन्, ‘त्यसपछि छोरासँग धकेलाधकेल हुँदा लडेर घाइते हुनु भएका बाबुको पछि मृत्यु भयो भन्ने खवर आयो।’ डीएसपी राईले मदिरा सेवनका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिए। उनका अनुसार घटना भएका बेला बाबु र छोरा दुवै जनाले मदिरा सेवन गरेको पनि खुलेको छ।

प्रतिक्रिया दिनुहोस

ओलीले दुइबुँदे प्रतिबद्धता जनाए विश्वासको पक्षमा मतदान गर्न नेपाल समुह तयार

दुईबुँदे प्रतिबद्धताको माग अघि सार्दै एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका सांसदले अध्यक्ष केपी ओलीसँग सहमतिको रोड्म्याप तयार पारेका छन् । ...

केराबारीमा आइतबार ६ जनाको संक्रमण पुष्टि, संक्रमितको संख्या १८ पुग्यो

 केराबारी । मोरंगको केराबारी गाउँपालिकामा आइतवार थप ६ जना कोरोना संक्रमण पुष्टि भएको छ । केराबारी गाउँपालिका स्तरीय स्वास्थ्य शाखाका अनुसार वडा न ...

प्रधानमन्त्रीलाई विश्वासको मत दिन एमालेको ह्वीप

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभामा भोलि हुने मतदानमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने प्रस्तावको पक्षमा मत दिन सांसदहरूलाई ह्वीप ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved