ग्रिन टि सपमा गुञ्जियो स्रष्टाको रचना

  • प्रकाशित मितिः चैत्र २७, २०७७
  • उज्यालो प्रदेश
alt

किशन शाही ।

केराबारी । उत्तरी मोरंगको साहित्य कला विकास र पर्यटन प्रर्वद्धनमा विशेष महत्व बोकेको जेफाले सिर्जना डबली कार्यक्रमको ३१ औं श्रृंखला स्रष्टाहरुको रचना वाचन सहित शनिबार केराबारीको ग्रिन टि सपमा संञ्चालन गरिएको छ ।

पर्यटन र साहित्य संगसंगै भन्ने मूल नाराका साथ साप्ताहिक रुपमा केराबारी २ को सिंहदेवी स्थित जेफालेको फेदी विहिबारे वजारबाट सुरु गरिएको सो कार्यक्रमले विभिन्न ठाउहरुमा ३० औं श्रृंखला सम्पन्न गरी ३१ औं श्रृंखला विभिन्न ७ स्रष्टाहरुको  रचना वाचन गर्दै सम्पन्न गरिएको हो ।

आगमी वैशाख १ देखि ५ गतेसम्म जेफालेको फेदीमा प्रदेश स्तरीय साहित्यिक कार्यक्रम गर्ने तयारी भइरहेको बेला साहित्य उत्सवमा सहभागि हुने स्रष्टा र गजलकारहरुको रचना वाचन गरी ३१ औं श्रृंखलालाई कार्यक्रमको प्रोमोको रुपमा संञ्चालन गरिएको कार्यक्रमका संञ्चालक युवराज ठकुरीले वताउनुभयो ।

jefale srijana 31 th

३१ औं शृङ्खलामा जेफाले सिर्जना डबलीका कार्यक्रम प्रस्तोता युवराज ठकुरी र केराबारी साहित्य तथा कला विकास केन्द्रका कोषाध्यक्ष अस्मिता भट्टराईले स्रष्टाहरुको रचना वाचन गरेका थिए। जेफालेमा कुन कुन राष्टिय स्तरका स्रष्टा आउदैछन् र उहाहरुले कुन कुन रचना वाचन गर्नुहुनेछ भन्ने जानकारी दिन पनि ३१ औं श्रृंखलालाई प्रोमोको रुपमा अघि सारिएको साहित्य कला विकास केन्द्रका अध्यक्ष नविन थापा क्षेत्रीले वताए ।

साहित्यिक स्रष्टा र रचनाकारहरुलाई भिन्न भिन्न ठाउमा उपस्थित गराई आफ्ना रचना वाचन गराउदै विभिन्न क्षेत्रको प्रचार प्रसार गर्दै पर्यटन प्रर्वद्धन गर्ने मूख्य ध्येयका साथ सुरु गरिएको सो कार्यक्रमको उचाई वढेसंगै साहित्यिक गतिवीधि समेत बाक्लिएको र यसले नेपाली साहित्य कला विकासमा टेवा पुग्ने कार्यक्रमका परिकल्पनाकार ठकुरीले वताए ।

dabali 31

त्यसो त सामान्य तवरले सुरुवात गरिएको जेफाले सिर्जना डबली नव प्रतिभाहरुको लागि एउटा प्लेटफर्मको रुपमा स्थापित भईसकेको केराबारी साहित्य विकास कला केन्द्रका अध्यक्ष नविन थापा क्षेत्रीले वताउनुभयो । सो कार्यक्रममा उज्यालो प्रदेश मिडियाका सम्पादक किशान शाही साथै केराबारी साहित्य तथा कला विकास केन्द्रका अध्यक्ष नवीन थापा क्षेत्रीको उपस्थिति रहेको थियो।कार्यक्रम व्यवस्थान हिमालयन ग्रिन टि सपका संचालक राकेश मगर र संजय सुहाङले गरेका थिए।।

प्रतिक्रिया दिनुहोस

ओलीले दुइबुँदे प्रतिबद्धता जनाए विश्वासको पक्षमा मतदान गर्न नेपाल समुह तयार

दुईबुँदे प्रतिबद्धताको माग अघि सार्दै एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका सांसदले अध्यक्ष केपी ओलीसँग सहमतिको रोड्म्याप तयार पारेका छन् । ...

केराबारीमा आइतबार ६ जनाको संक्रमण पुष्टि, संक्रमितको संख्या १८ पुग्यो

 केराबारी । मोरंगको केराबारी गाउँपालिकामा आइतवार थप ६ जना कोरोना संक्रमण पुष्टि भएको छ । केराबारी गाउँपालिका स्तरीय स्वास्थ्य शाखाका अनुसार वडा न ...

प्रधानमन्त्रीलाई विश्वासको मत दिन एमालेको ह्वीप

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभामा भोलि हुने मतदानमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने प्रस्तावको पक्षमा मत दिन सांसदहरूलाई ह्वीप ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved