पत्रकार महासङ्घ राससको अध्यक्षमा गुरागाइँ

  • प्रकाशित मितिः चैत्र २५, २०७७
  • उज्यालो प्रदेश
alt

रासस
नेपाल पत्रकार महासङ्घ राष्ट्रिय समाचार समिति (रासस) को अध्यक्षमा पवित्रा गुरागाइँ निर्वाचित भएकी छन् । महासङ्घको आज सम्पन्न २६औँ महाधिवेशन तथा निर्वाचनमा गुरागाइँको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

उपाध्यक्षमा अच्युत रेग्मी, महिला उपाध्यक्षमा मोहिनी रिसाल, सचिवमा छविलाल कुमाल, सहसचिवमा रोशा बस्नेत, सहसचिव (समावेशी)मा शर्मिला पाठक र कोषाध्यक्षमा दिलीप अधिकारी निर्वाचित भएका छन् । यस्तै सदस्यमा कृष्णप्रसाद सापकोटा, गीता पराजुली र रेशमा शाक्य निर्वाचित भएका छन् । महासङ्घको केन्द्रीय परिषद् सदस्यमा दिलीपप्रसाद शर्मा चयन भएका छन् ।

निर्वाचित पदाधिकारी तथा सदस्यलाई आज प्रमाणपत्र वितरण समारोहमा राससका महाप्रबन्धक ओपेन्द्र शर्माले देशभर पत्रकार महासङ्घको निर्वाचन भइरहेको अवस्थामा राससभित्र सर्वसम्मत महिला नेतृत्व चयन गरेर उदाहरणीय काम प्रस्तुत गरेको बताए ।

उनले नयाँ कार्यसमितिले राससभित्रका श्रमजीवी पत्रकारको पक्षमा आवाज उठाउने र राससलाई अग्रणी समाचार संस्थाका रुपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

प्रमुख निर्वाचन अधिकृत राजु शाक्यले आगामी दिनमा सफल ढङ्गले कार्यसम्पादन गर्न नयाँ कार्यसमितिलाई आग्रह गरे । महासङ्घका केन्द्रीय प्रतिनिधि एकराज पाठकले नेपाल पत्रकार महासङ्घको नयाँ व्यवस्थानुसार नयाँ कार्यसमिति आएको भन्दै कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए ।

प्रतिक्रिया दिनुहोस

बैशाख ६ गते देखि सुन्दरहरैचा मेयर कप फुटबल प्रतियोगिता हुने

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालीकामा प्रथम सुन्दरहरैचा मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । सुन्दरहरैचा नगरपालिकाद्धारा आयोजित मेयरकपमा मोर ...

योगेश भट्टराई पक्षधर ताप्लेजुङका स्थानीय नेता तान्दै ओली

नेकपा एमालेको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले अर्को पक्षमा लागेका नेताहरुमाथि दबाब सिर्जना गर्न थालेका छन्। माध ...

टिपरको ठक्करबाट सुन्दरहरैँचाकी मैयाको मृत्यु

सुन्दरहरैचा ७ का ६५ बर्षीया मैया श्रेष्ठको टिपरको ठक्करबाट मृत्यु भएको छ । बिहान सवा ५ बजे सुन्दरहरैचा ७ स्थित राजमार्गमा प्रदेश १– ०२–००१ ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved