ओखलढुङ्गामा बोलेरो दुर्घटना ,तीन जनाको मृत्यु

  • प्रकाशित मितिः चैत्र २४, २०७७
  • उज्यालो प्रदेश
alt

ओखलढुङ्गा । ओखलढुङ्गाको मानेभञ्ज्याङ–४ धुसेनीस्थित भित्रि सडक खण्डमा बोलेरो दुर्घटना हुँदा बोलेरमा सवार चार मध्य तीन जनाको मृत्यु र एक जना घाइते भएका छन् ।

मङ्गलबार बिहान सवा ११ बजे धुसेनीतर्फ जाँदै गरेको ना१ज ८३३२ नम्बरको बोलेरो आफैँ अनियन्त्रीत भई सडकबाट अन्दाजी सात सय मिटर तल खसेको थियो ।

उक्त दुर्घटनामा गम्भीर घाइते भएका डोलकुमारीको जिल्ला अस्पताल रुम्जाटारमा उपचारको क्रममा दिउँसो चार बजे मृत्यु भएको थियो भने विनामाया र टुल्कीमायाको सोही अस्पतालमा बेलुका साढे छ बजे मृत्यु भएको थियो ।

मृत्यु हुनेमा बोलेरोमा सवार मानेभञ्ज्याङ–४ धुसेनी बस्ने ७१ वर्षीया विनामाया आलेमगर, सोही स्थान बस्ने ५० वर्षीय टुल्कीमाया आलेमगर र सोही स्थान बस्ने ५ वर्षीया बालिका डोलकुमारी आलेमगर रहेका छन् ।

उक्त दुर्घटनामा गम्भीर घाइते भएका बोलेरो चालक सिद्धिचरण १० बस्ने २६ वर्षीय कमलबहादुर थापामगरलाई थप उपचारको लागि एम्बुलेन्समार्फत काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

बैशाख ६ गते देखि सुन्दरहरैचा मेयर कप फुटबल प्रतियोगिता हुने

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालीकामा प्रथम सुन्दरहरैचा मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । सुन्दरहरैचा नगरपालिकाद्धारा आयोजित मेयरकपमा मोर ...

योगेश भट्टराई पक्षधर ताप्लेजुङका स्थानीय नेता तान्दै ओली

नेकपा एमालेको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले अर्को पक्षमा लागेका नेताहरुमाथि दबाब सिर्जना गर्न थालेका छन्। माध ...

टिपरको ठक्करबाट सुन्दरहरैँचाकी मैयाको मृत्यु

सुन्दरहरैचा ७ का ६५ बर्षीया मैया श्रेष्ठको टिपरको ठक्करबाट मृत्यु भएको छ । बिहान सवा ५ बजे सुन्दरहरैचा ७ स्थित राजमार्गमा प्रदेश १– ०२–००१ ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved