‘आहा रारा गोल्डप’को उद्घाटन खेलमा सहारालाई हराउँदै एपीएफ सेमिफाइनलमा

  • प्रकाशित मितिः चैत्र २१, २०७७
  • उज्यालो प्रदेश
alt

पोखरा । ‘आहा रारा गोल्डप’को शनिबार भएको उद्घाटन खेलमा नेपाल एपीएफ क्लबले आयोजक सहारा क्लब पोखरालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा शनिबार भएको खेलमा आयोजक सहारा क्लब पोखरालाई १–० गोलको अन्तरले जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको हो । विजयी टिमको तर्फबाट आशिष लामाले निर्णायक गोल गरेका थिए ।

१९ औ संस्करण औं संस्करणको आहा रारा गोल्डकपमा विभागीय टिम एपीएफ क्लबले पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८७ औं मिनेटमा निर्णायक गोल गर्दै लामाले एपीएफलाई जिताएका हुन् ।पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८७ औं मिनेटमा प्रदिप लामाको पासमा डिबक्स भित्रबाट आशिषले उत्कृष्ट गोल गरेका थिए । १ गोल गरेका आशिष नै खेलको म्यान अफ दि म्याच भए ।

घरेलु टोलीविरुद्ध निरन्तर गोलका लागि प्रयासरत एपीएफ पहिलो हाफमा गोल गर्न असफल रहेको थियो । दोस्रो हाफको ८७ औं मिनेटमा सहाराको रक्षापंक्तिलाई छक्काउदै आशिषले पहिलो गोल गरेका हुन्।जितसँगै अन्तिम चारमा पुगेको एपीएफले फाइनल प्रवेशका लागि सोमबार हुने संकटा क्लब र मनाङ–मस्र्याङ्दी क्लबबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्ने छ ।

आइतबार हुने प्रतियोगितामा मछिन्द्र क्लब र अफ्रिकन रुट एसोसियसनबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा स्वदेशी तथा बिदेशी गरी कुल ८ वटा टिमको सहभागिता रहेको छ ।प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ । यस्तै उपविजेताले टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

व्यक्तिगत विधातर्फ सुर्य बहादुर केसी मेमोरियल उत्कृष्ट गोलकिपर, डिफेन्डर,मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार प्रदान गरिने छ ।

प्रतिक्रिया दिनुहोस

बैशाख ६ गते देखि सुन्दरहरैचा मेयर कप फुटबल प्रतियोगिता हुने

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालीकामा प्रथम सुन्दरहरैचा मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । सुन्दरहरैचा नगरपालिकाद्धारा आयोजित मेयरकपमा मोर ...

योगेश भट्टराई पक्षधर ताप्लेजुङका स्थानीय नेता तान्दै ओली

नेकपा एमालेको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले अर्को पक्षमा लागेका नेताहरुमाथि दबाब सिर्जना गर्न थालेका छन्। माध ...

टिपरको ठक्करबाट सुन्दरहरैँचाकी मैयाको मृत्यु

सुन्दरहरैचा ७ का ६५ बर्षीया मैया श्रेष्ठको टिपरको ठक्करबाट मृत्यु भएको छ । बिहान सवा ५ बजे सुन्दरहरैचा ७ स्थित राजमार्गमा प्रदेश १– ०२–००१ ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved