नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेर आफ्नै नेतृत्वमा सरकार बनाउने पहलकदमी थाल्ने भएको छ।
भर्खरै सकिएको केन्द्रीय कार्यसमितिको बैठकले आफ्नै नेतृत्वमा सरकार गठन गर्न अग्रसरता लिने निर्णय गरेको हो। पार्टी कार्यालय सानेपामा केन्द्रीय कार्यसमितिको बैठकअघि शीर्ष नेताहरुबीच यस विषयमा सहमति भएको थियो।
‘कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन ठोस रुपमा प्रस्ताव लिएर अगाडि बढ्ने निर्णय गरेको छ,’ केन्द्रीय सदस्य डिला संग्रौलाले नेपालखबरसँग भनिन्, ‘अन्य दलले सरकारको नेतृत्व लिन आग्रह गरिरहेका छन्। त्यसैले कांग्रेसले यस्तो निर्णय गरेको हो।’
नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले सरकारको नेतृत्व लिन आग्रह गरिरहे पनि कांग्रेस सभापति शेरबहादुर देउवाले अनिच्छा प्रकट गर्दै आएका थिए।देउवा चाँडै चुनावमा जाने पक्षमा रहेको भन्दै कांग्रेसकै अर्को पक्षले ओलीलाई हटाएर कांग्रेसले सरकारको नेतृत्व लिनुपर्ने अडान राख्दै आएको थियो।
आजको बैठकमा केन्द्री निर्वाचन समितिले समायोजनसम्बन्धी प्रतिवेदन बुझाएको छ। कांग्रेसले संघीय संरचना अपनाएसँगै उत्पन्न भएको आन्तरिक विवाद हल गर्न राधेश्याम अधिकारीको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो।प्रतिवेदन बुझाएसँगै अधिकारीले समितिबाट राजीनामा दिएका छन्।
विवादका कारण कांग्रेसको क्रियाशील सदस्यता वितरण अवरुद्ध भएको थियो। वितरण गरिने क्रियाशील सदस्यताको संख्या २० हजार पुर्याइने संग्रौलाले जानकारी दिइन्।
प्रतिक्रिया दिनुहोस
सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालीकामा प्रथम सुन्दरहरैचा मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । सुन्दरहरैचा नगरपालिकाद्धारा आयोजित मेयरकपमा मोर ...
नेकपा एमालेको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले अर्को पक्षमा लागेका नेताहरुमाथि दबाब सिर्जना गर्न थालेका छन्। माध ...
सुन्दरहरैचा ७ का ६५ बर्षीया मैया श्रेष्ठको टिपरको ठक्करबाट मृत्यु भएको छ । बिहान सवा ५ बजे सुन्दरहरैचा ७ स्थित राजमार्गमा प्रदेश १– ०२–००१ ...
Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved