उर्लाबारी । मोरङको उर्लाबारी ७ मा एक १२ वर्षिया बालिका बलात्कृत भएकी छिन । बालिका उर्लाबारीको एक घरमा चैत १६ गते रातको १० वजेको समयमा बलात्कारमा परेको बताइएको छ ।
तेह्रथुम जिल्ला मेन्छायम गाउपालिका स्थायी ठेगाना भई हाल सुन्दरहरैचा नगरपालिका वडा नम्वर ५ बासवारीमा वस्ने वर्ष २५ का गोविन्द हिङमाङले उनिमाथी बलात्कार गरेको आरोप लागेको छ ।
फेसबुकबाट चिनजान भएर साथी बनेका उनिहरु उर्लाबारी ७ स्थित खरी माया श्रेष्ठको घरमा भेट भएको र सोही समयमा बालिका माथी बलात्कार भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक कुन्दन देवले बताएका छन् ।
बालिका बलात्कार गर्ने हिङमाङलाई पक्राउ गरि जवरजस्ती करणी अभियोगमा मुद्दा दर्ता गरी अवश्यक कानुनी कार्वाही थालिएको प्रहरीले जनाएको छ ।बालिका बलात्कारको जाहेरी बालिकाका बुबाले इलाका प्रहरी कार्यालय उर्लाबारीमा दिएका हुन ।
प्रतिक्रिया दिनुहोस
सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालीकामा प्रथम सुन्दरहरैचा मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । सुन्दरहरैचा नगरपालिकाद्धारा आयोजित मेयरकपमा मोर ...
नेकपा एमालेको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले अर्को पक्षमा लागेका नेताहरुमाथि दबाब सिर्जना गर्न थालेका छन्। माध ...
सुन्दरहरैचा ७ का ६५ बर्षीया मैया श्रेष्ठको टिपरको ठक्करबाट मृत्यु भएको छ । बिहान सवा ५ बजे सुन्दरहरैचा ७ स्थित राजमार्गमा प्रदेश १– ०२–००१ ...
Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved