विराटनगर । नेपाल पत्रकार महासङ्घ प्रदेश १ का आगमी २५ गते हुने २१ सदस्यीय कार्यसमितिका लागि ५४ जनाको उमेद्धवारी दर्ता भएको छ ।
अध्यक्ष पदका लागि तीन जनाले उम्मेदवारी दिएका छन्, जसमा मोहन काजी, लीलावल्लभ घिमिरे र सोमनाथ सुसेलीको उम्मेवारी परेको छ । त्यसैगरी, उपाध्यक्ष खुला तर्फ अर्जुन जम्मेली, रोहितकुमार राई र लवदेव ढुङ्गानाको उम्मेदवारी परेको छ । त्यस्तै, उपाध्यक्ष महिला तर्फ कोकिला ढकाल र हिमकुमारी चेम्जोङले उम्मेदवारी दिएका छन् ।
त्यस्तै, महासचिव पदका लागि चार जनाले दाबेदारी प्रस्तुत गरेका छन्, जसमा श्री शिशा राई (श्रीप्रसाद) बन्धु पोखरेल, फिफाराज बेगा लिम्बू र विवेक गौतम रहेका छन् ।
त्यसैगरी, सचिव (खुला)तर्फ भने अविजाल विष्ट, कौशल निरौला, देवेन्द्र कार्की र भक्तशेर लिम्बूको उम्मेदवारी परेको छ । समावेशीतर्फको सचिव पदका लागि सन्तवीर लामा र सन्तोष यादवले उम्मेदवारी दिएका छन् । कोषाध्यक्षका लागि तीन जनाको उम्मेदवारी परेको छ, जसमा गणेश साम्पाङ, विमल लामिछाने (बुद्धि) र सन्तोष रुचाल रहेका छन् ।
खुलातर्फका पाँच सदस्य पदका लागि १४ जनाको उम्मेदवारी परेको छ । तीन महिला सदस्यका लागि सात जनाले दाबेदारी प्रस्तुत गरेका छन् । त्यसैगरी, एक दलित सदस्य पदका लागि दुई जना र आदिवासी–जनजातिका लागि चार जनाले मनोनयन दर्ता गराएका छन् । २१ सदस्यीय कार्यसमितिका लागि ५४ जनाको उम्मेदवारी परेको छ ।
प्रतिक्रिया दिनुहोस
सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालीकामा प्रथम सुन्दरहरैचा मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । सुन्दरहरैचा नगरपालिकाद्धारा आयोजित मेयरकपमा मोर ...
नेकपा एमालेको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले अर्को पक्षमा लागेका नेताहरुमाथि दबाब सिर्जना गर्न थालेका छन्। माध ...
सुन्दरहरैचा ७ का ६५ बर्षीया मैया श्रेष्ठको टिपरको ठक्करबाट मृत्यु भएको छ । बिहान सवा ५ बजे सुन्दरहरैचा ७ स्थित राजमार्गमा प्रदेश १– ०२–००१ ...
Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved