पुल निर्माणमा असर पर्ने भएपछि स्थानीयले लखेटे उत्खनन स्थलका गाडी

  • प्रकाशित मितिः चैत्र १९, २०७७
  • उज्यालो प्रदेश
alt उत्खनन स्थलमा प्रयोग गरिएका गाडीहरु लखेट्दै स्थानीयवासी । तस्बिर वलवहादुर भूजेलको फेसवुकवालबाट

केराबारी । मदन भण्डारी मार्ग अन्तरगत राष्टिय गौरवको आयोजनाको रुपमा खदम खोलामा सोमबार देखि सुरु गरिएको पक्कि पुल निर्माणमा असर पर्ने गरी खोलामा उत्खनन गरिएको भन्दै स्थानीयले विहिबार उत्खनन स्थलबाट गाडीहरु लखेटिदिएका छन् ।

नजिकैबाट उत्खनन गर्दा पुल निर्माणमा असर पर्ने भन्दै दर्जनौंको संख्यामा भेला भएका आक्रोसित स्थानीयवासीले जेसिवी स्काभेटर लगायतका गाडीहरुलाई लखटेका हुन् ।

पुल निर्मास्थल भन्दा पाँचसय मिटर उत्तर र पाँचसय मिटर दक्षिण कुनै पनि प्रकारको उत्खनन् गर्न नपाइने भनि गाउँपालिकाले सार्वजनिक होर्डिगंबोर्ड नै राखेपनि गैर जिम्बेबार ढंगबाट पालिकाले खोला ठेक्का लगाई पुल निर्माणमा अवरोध पुर्याउन खोजेको भन्दै आक्रोसित स्थानीयवासीले पुल निर्माण स्थल भन्दा पाँचसय मिटर दक्षिणमा सूचना बोर्ड समेत गाडेका छन् ।

suchana board

जग रहने भागको नजिकैसम्म खोला उत्खनन् भएपछि पुल जोखिममा परेको स्थानीयको भनाई छ।पुल देखि पाँचसय मिटर दक्षिण अवस्था हेरेर १ किलोमिटर सम्म उत्खनन् गर्न नपाईने भएपनि केराबारी गाउँपालिकाले सो नियम मिचेर निर्माण स्थल दक्षिणपटि २ सय मिटर दक्षिणसम्म उत्खनन गर्दा फरक नपर्ने भन्दै आदेश दिएको बुझिएको छ।स्थानीय प्रहरीलाई यस बिषयमा प्रश्न गर्दा आँफुहरु यस बिषयमा सचेत रहेको अनि गाउँपालिकाले खन्न दिएको ठाउँसम्म मात्र खन्दै गरेको दावी गरेको छ।

पुल निर्माणको ठेक्का पाएको शर्मा एण्ड कम्पनि प्रा.लिका पूर्वाञ्चल म्यानेजर गुरुप्रसाद ढुंगानाले जग रहने भागको नजिकै सम्म उत्खनन् गर्दा बर्षायाममा पुलको जग बाढिले असर गर्न सक्ने सम्भावना बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस

बैशाख ६ गते देखि सुन्दरहरैचा मेयर कप फुटबल प्रतियोगिता हुने

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालीकामा प्रथम सुन्दरहरैचा मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । सुन्दरहरैचा नगरपालिकाद्धारा आयोजित मेयरकपमा मोर ...

योगेश भट्टराई पक्षधर ताप्लेजुङका स्थानीय नेता तान्दै ओली

नेकपा एमालेको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले अर्को पक्षमा लागेका नेताहरुमाथि दबाब सिर्जना गर्न थालेका छन्। माध ...

टिपरको ठक्करबाट सुन्दरहरैँचाकी मैयाको मृत्यु

सुन्दरहरैचा ७ का ६५ बर्षीया मैया श्रेष्ठको टिपरको ठक्करबाट मृत्यु भएको छ । बिहान सवा ५ बजे सुन्दरहरैचा ७ स्थित राजमार्गमा प्रदेश १– ०२–००१ ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved