काठमाडौं ।विश्वकप छनोट तयारीलाई मध्यनजर गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको थ्री नेसन्स कप फुटबल प्रतियोगिताको सोमबार भएको फाइनल खेलमा बंगलादेशलाई हराउदै नेपालले उपाधि जितेको छ ।
सोमबार दशरथ रंगशालामा भएको खेलमा बंगलादेशलाई २ ( १ ले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।उपाधि संगै नेपालले ५ हजार अमेरिकी डलर पुरस्कार पाएको छ । बंगलादेशले ३ हजारमा चित्त वुझाएको छ ।
प्रतियोगितामा नेपाल, बंगलादेश र किर्गिस्तानको २३ वर्षमुनिको टिम सहभागी थिए ।नेपालका लागि १८ औं मिनेटमा सञ्जोग राई र ४२ औं मिनेटमा विशाल राईले गोल गरे । बंगलादेशले ८३ औं मिनेटमा गोल फर्काएको थियो ।
यस्तै ४२ औं मिनेटमा विशाल राईले वान भर्सेस वानमा गोल गर्दै नेपालको अग्रता दोब्बर पारे । रञ्जित धिमालको पासका संजोग राईले वान टचमा उपलब्ध गराएको बलमा विशालले उत्कृष्ट गोल गरे । सन् २०१५ अगष्ट २१ मा भारतविरुद्ध खेल्दै डेब्यु गरेका विशालले नेपालका लागि गरेको यो चौथो गोल हो ।
खेलको सुरुवातदेखि नै हावी भएको नेपालको तर्फबाट सन्जोग राईले १८ औं मिनेटमा गोल गरी नेपाललाई अग्रता दिलाएका थिए । उनको यो राष्ट्रिय टिममा पहिलो गोल हो ।बंगलादेशको तर्फबाट कप्तान जमन भुएनको कर्नरमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका रहमानले उत्कृष्ट हेडर गोल गरेका थिए ।
नेपाल र बंगलादेश फुटबलको फाइनलमा भिडेको यो तेस्रो पटक हो । यसअघि सन् १९९४ को पहिलो साग र १९९९ को आठौं सागमा यी दुई टोली फाइनलमा खेलेका थिए ।जित संगै २१ वर्षपछि नेपालले हारको बदला पनि दशरथ रंगशालामै लिएको छ।
प्रतिक्रिया दिनुहोस
सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालीकामा प्रथम सुन्दरहरैचा मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । सुन्दरहरैचा नगरपालिकाद्धारा आयोजित मेयरकपमा मोर ...
नेकपा एमालेको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले अर्को पक्षमा लागेका नेताहरुमाथि दबाब सिर्जना गर्न थालेका छन्। माध ...
सुन्दरहरैचा ७ का ६५ बर्षीया मैया श्रेष्ठको टिपरको ठक्करबाट मृत्यु भएको छ । बिहान सवा ५ बजे सुन्दरहरैचा ७ स्थित राजमार्गमा प्रदेश १– ०२–००१ ...
Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved