बन्ने भयो खदम खोलामा ४ सय मिटरको पुल सोमबार देखि पिलरको जग खन्ने कार्य शुरु

  • प्रकाशित मितिः चैत्र १६, २०७७
  • उज्यालो प्रदेश
alt

केराबारी। मोरंगको केराबारी गाउँपालिका अन्र्तगत खदम खोलामा पुल निर्माणका लागि प्रारम्भिक कार्य सुरु गरिएको छ ।
मदन भण्डारी राजमार्ग अन्तरगत केराबारी देखि धरान जोड्ने सो पुल निर्माणका लागि ठेक्का पाएको लामो समयपछि प्रधानमन्त्री केपी शर्मा ओलीले ३२ ओटा पुलको एकैपटक दमकबाट शिलान्यास गरेका थिए।
शिलान्यास गरेको पुल निर्माण कार्यले सार्थकता पाउला कि नपाउला भन्ने धेरैको चासो र चिन्ताका विच सोमबार देखि खोलामा पिल्लर जग खन्ने काम शुरु भएको हो ।

राष्ट्रिय गौरवको आयोजना अन्तर्गत मदन भण्डारी राजमार्गमा बन्ने खदम खोलाको पुलको काम शुरु भएपछि स्थानीयबासी उत्साहित भएका छन्। पुल निर्माणका लागि कामदार र कर्मचारी वस्नेआवास गृह निर्माण गरिए पनि कहिले देखि सुरु हुने भन्ने अन्योलाविच आजबाट निर्माण कार्य सुरु भएपछि स्थानीयवासी खुशी भएका छन् ।

166510905_462018595224752_5383156204944618549_n

खदम खोलामा पुल निर्माण गर्न क्रसर व्यवसायी र स्थानीयविच पुल कहा बनाउने विषयमा एकमत हुन नसक्दा लामो समय सम्म ठोस निर्णयमा पुग्न समय लागेको थियो । अन्ततः पुल स्थानीयले चाहेकै स्थानमा बन्ने भएको छ। 

पुल निर्माणको विषयलाई लिएर उत्तर तर्फबाट सार्न केराबारीबाट काठमाडौं सम्म डेलिकेशन गएको थिए । तर स्थानीय जनताले अपेक्षा गरेअनुसार  केराबारी डागी सडक उत्तरतर्फबाट निर्माण सुरु गरिएको हो ।

मदन भण्डारी मार्ग अन्र्तग खदम खोलाको विच भागमा बन्ने पुल ४ सय मिटर लम्बाईको हुनेछ। दुईटा अपुटमेन्ट सातवटा पिअरसहित गाडी गुड्ने भाग साढे सात मिटर हुने पुलमा दुईतर्फ गरेर डेढ मिटर फुटपाथ मानिस हिड्ने भाग रहने शर्मा एण्ड कम्पनी प्रा.लि.का पूर्वाञ्चल म्यानेजर गुरु प्रसाद ढुंगानाले संञ्चारकर्मीलाई बताउनुभयो ।

हाल पानी बग्ने ठाउँ खोला सतह बाट करिव १० मिटर उचाईमा रहने पुलको वारीपारी १२ सय मिटर सडक बन्ने र पुलको पुर्वपट्टिको भाग देउराली चोक र माथिल्लो पिपल बीचमा रहने जनाईएको छ। पुलको शर्मा एण्ड कम्पनी प्रा.लि. काठमाण्डौले भ्याटसहित ६४ करोडको लागतमा निर्माण सम्पन्न गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस

बैशाख ६ गते देखि सुन्दरहरैचा मेयर कप फुटबल प्रतियोगिता हुने

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालीकामा प्रथम सुन्दरहरैचा मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । सुन्दरहरैचा नगरपालिकाद्धारा आयोजित मेयरकपमा मोर ...

योगेश भट्टराई पक्षधर ताप्लेजुङका स्थानीय नेता तान्दै ओली

नेकपा एमालेको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले अर्को पक्षमा लागेका नेताहरुमाथि दबाब सिर्जना गर्न थालेका छन्। माध ...

टिपरको ठक्करबाट सुन्दरहरैँचाकी मैयाको मृत्यु

सुन्दरहरैचा ७ का ६५ बर्षीया मैया श्रेष्ठको टिपरको ठक्करबाट मृत्यु भएको छ । बिहान सवा ५ बजे सुन्दरहरैचा ७ स्थित राजमार्गमा प्रदेश १– ०२–००१ ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved