स्व. गिरिजाप्रसाद कोइराला स्मृति नगरपालिका फुटबल प्रतियोगिताको सेमिफाइनलमा दमक

  • प्रकाशित मितिः चैत्र १६, २०७७
  • उज्यालो प्रदेश
alt

इटहरीमा जारी स्वर्गीय गिरिजाप्रसाद कोइराला स्मृति अन्तर नगरपालिका फुटबल प्रतियोगिता अन्र्तगत हिजो भएको खेलमा इटहरी र दमक नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा इटहरी उपमहानगरपालिकालाइ २–१ गोल अन्तरले पराजित गर्दै दमक नगरपालिकाले सेमिफाइनलकोको स्थान सुरक्षित गरेको हो ।

दमकको जितमा किस्मत लिम्बु एक्लैले २ गोल गरे । उनले खेलको ५२ औ र ७३ औ मिनेटमा गोल गरेका थिए । उक्त खेलको म्यानअफ द म्याच २ गोल गरेका लिम्बु नै घोषित भए । उनलाइ कार्यक्रमका प्रमुख अतिथि पूर्व राष्टिय खेलाडी सुरेन्द्र तामांगले नगद ३ हजार सहित टफी प्रदान गरे ।

दमक नगरपालिकाले अब सेमिफाइनलमा चैत्र १८ गते सुनसरीको इनरुवा नगरपालिकासंग प्रतिष्पर्धा गर्नेछ । इनरुवा यसअघि नै उदयपुरको चौदण्डीगढी नगरपालिकालाइ पराजितगर्दै सेमिफाइनलप्रवेश गरिसकेको छ ।

इटहरी स्थित क्षेत्रिय रंगशालामाजारी प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमामंगलबार बिराटनगर महानगरपालिका र धनकुटा नगरपालिका बिच खेल हुने प्रतियोगिता संयोजक सूर्य राइले जानकारी दिए ।

प्रतियोगितामा प्रदेश एक का ८ वटा नगरपालिकाका टिम सहभागी छन । प्रतियोगिताको विजेता टिमले २ लाख उपबिजेताले१ लाख पुरस्कार पाउने छन ।

प्रतिक्रिया दिनुहोस

बैशाख ६ गते देखि सुन्दरहरैचा मेयर कप फुटबल प्रतियोगिता हुने

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालीकामा प्रथम सुन्दरहरैचा मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । सुन्दरहरैचा नगरपालिकाद्धारा आयोजित मेयरकपमा मोर ...

योगेश भट्टराई पक्षधर ताप्लेजुङका स्थानीय नेता तान्दै ओली

नेकपा एमालेको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले अर्को पक्षमा लागेका नेताहरुमाथि दबाब सिर्जना गर्न थालेका छन्। माध ...

टिपरको ठक्करबाट सुन्दरहरैँचाकी मैयाको मृत्यु

सुन्दरहरैचा ७ का ६५ बर्षीया मैया श्रेष्ठको टिपरको ठक्करबाट मृत्यु भएको छ । बिहान सवा ५ बजे सुन्दरहरैचा ७ स्थित राजमार्गमा प्रदेश १– ०२–००१ ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved