हत्या गरी फरार रहेका एक अभियुक्त २० वर्षपछि पक्राउ

  • प्रकाशित मितिः चैत्र १५, २०७७
  • उज्यालो प्रदेश
alt

सप्तरी । सप्तरीमा व्यक्ति हत्या गरी फरार रहेका अभियुक्तलाई २० बर्षपछि पक्राउ गरिएको छ
२०५७ साउन ३ गते छिमेकी दशरथ साहको हत्या पछि फरार रहेका बिहुल गाउँपालिका–३ का लक्ष्मण भनिने धनीलाल साहलाई प्रहरीले पक्राउ गरेको हो ।

साहलाई सप्तरी जिल्ला अदालतले २०६५ साल चैत ११ गते २० बर्ष कैद सजाय सुनाएको थियो ।जिल्ला अदालतको उक्त फैसलालाई तत्कालिन पुनरावेदन अदालत राजविराजले २०६७ चैत २२ गते तथा सर्वोच्च अदालतबाट २०७२ पुस १ गते सदर गरेको थियो ।

धनीलाललाई इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको टोलीले गाउँमा लुकीछपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।उनलाई आइतबार जिल्ला अदालत सप्तरीमा पेश गरी आवश्यक प्रक्रिया पूरा गरेपछि कैद भुक्तानको लागि कारागार चलान गरिएको उनले बताए ।

२०५७ साउन ३ गते राति पिसाब गर्न घरबाट बाहिर निस्केका निस्केका बेला धनीलालले खुकुरी तथा लाठी प्रहर गरी दशरथको हत्या गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

बैशाख ६ गते देखि सुन्दरहरैचा मेयर कप फुटबल प्रतियोगिता हुने

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालीकामा प्रथम सुन्दरहरैचा मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । सुन्दरहरैचा नगरपालिकाद्धारा आयोजित मेयरकपमा मोर ...

योगेश भट्टराई पक्षधर ताप्लेजुङका स्थानीय नेता तान्दै ओली

नेकपा एमालेको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले अर्को पक्षमा लागेका नेताहरुमाथि दबाब सिर्जना गर्न थालेका छन्। माध ...

टिपरको ठक्करबाट सुन्दरहरैँचाकी मैयाको मृत्यु

सुन्दरहरैचा ७ का ६५ बर्षीया मैया श्रेष्ठको टिपरको ठक्करबाट मृत्यु भएको छ । बिहान सवा ५ बजे सुन्दरहरैचा ७ स्थित राजमार्गमा प्रदेश १– ०२–००१ ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved