पर्यटकिय क्षेत्र जेफालेमा नयाँवर्षमा प्रदेश स्तरीय भलिबल प्रतिगोगिता हुँदै

  • प्रकाशित मितिः चैत्र १५, २०७७
  • उज्यालो प्रदेश
alt प्रतियोगिताबारे केराबारी भिउ होटलमा पत्रकार सम्मेलन मार्फत जानकारी गराउँदै आयोजक। तस्बिर किशन शाही

किशन शाही ।
मोरंग । मोरंगको चर्चित पर्यटकिय क्षेत्र जेफालेमा एक नम्बर प्रदेश स्तरीय भलिबल प्रतियोगिता र राष्ट्रिय स्तरको साहित्यिक कार्यक्रमको आयोजना गरिने भएको छ ।

केराबारी गाउँपालिका  २ नं. वडाकार्यालयको सहयोगमा खेलकुद विकास समिति केराबारीको आयोजनामा आगामी २०७८ वैशाख १ देखि ५ गतेसम्म संञ्चालन हुने सो प्रतियोगिता प्रदेश नं. १ स्तरीय रहने र राष्टिय स्तरका खेलाडीको सहभागिता हुने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

२०४३ सालदेखि वर्षेनी नयाँवर्षका दिन मेला बजार तथा भलिबल प्रतियोगिता गर्दै आएको जेफाले पर्यटन विकास समितिले यो वर्ष अलि स्तरीय र राष्टिय स्तरका खेलाडीका साथमा भलिबल प्रतियोगिताको आयोजना गर्न लागेको आइतबार पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी गराएका छन् ।

प्रदेश नम्बर १ पालिका स्तरीय खुल्ला भलिबल प्रतियोगिता संगै पहिलो पटक वैशाख १ गते राष्टिय स्तरका साहित्यकारहरुको समुपस्थितीमा साहित्यिक कार्यक्रमको आयोजना पनि गरिन लागेको हो ।

पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार प्रतियोगितामा सुनसरीको इटहरी उपमहानगरपालिका, इनरुवा नगरपालिका, रामधुनी नगरपालिका यस्तै झापाको बिर्तामोड र दमक नगरपालिका यस्तै मोरङको बेलबारी नगरपालिका, संखुवासभाको खाँदबारी नगरपालिका अनि भोजपुरको षडानन्द नगरपालिका, आमचोक गाउँपालिका र आयोजक सहित विभिन्न ८ ओटा टिमले सहभागिता जनाउनेछन् ।

2 1

प्रतियोगितामा प्रथम हुनेले नगद ७५ हजार, कप, मेडल र प्रमाण पत्र यस्तै द्वितिय हुनेले नगद ५० हजार, कप मेडल र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ। प्रतियोगितामा करिव ७ लाख खर्च हुने खेलकुद विकास समितिका संयोजक गंगाध्वज लिम्बूले बताउनुभयो ।पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष रोहित कार्की, उपाध्यक्ष शान्ति कुमारी लिम्बू भूजेलले प्रतियोगिता संञ्चालनका लागि गाउँपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

यसपटकदेखि पुरस्कार राषिको दायर बढाएर प्रदेश एकका पालिका स्तरीय कार्यक्रम गर्न लागेको आयोजकले जनाएको छ ।वैशाख १ गतेदेखि ५ गते सम्म चल्ने सो प्रतियोगिताको पहिलो दिन साहित्यक विशेष कार्यक्रम रहने र सो कार्यक्रम पनि राष्टिय स्तरका विभिन्न कवि गजलकारको उपस्थितीमा साहित्यिक स्र्रष्टाहरुको माझमा साहित्यिक अन्तरंग समेत हुने साहित्यक कार्यक्रमका संयोजक युवराज ठकुरीले बताए ।

साहित्यिक अन्तरगत श्रृजना वाचन कार्यक्रमसंगै सांगितिक कार्यक्रम पनि गरिने आयोजकको भनाई छ । सांगितिक कार्यक्रमको दिन गोबिन्द खड्का घायल (ठुले) को गित बिमोचन गरिने भएको छ । उत्तरी मोरंगको केराबारी २ सिंहदेवीमा रहेको जेफालेबाट पूर्वका १६ ओटा जिल्ला र हिमसृङखलाका दृश्यावलोकन गर्न सकिन्छ । बाह्रैमास चिसो हावापानीको मौसम रहने सो क्षेत्रमा पछिलो समय आन्तरीक पर्यटकहरुको लागि प्रमुख गन्तब्य बन्दै विराट पर्यटन विकास वोर्डका पूर्व अध्यक्ष डिल्लीराम शर्माले बताए ।

 

प्रतिक्रिया दिनुहोस

बैशाख ६ गते देखि सुन्दरहरैचा मेयर कप फुटबल प्रतियोगिता हुने

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालीकामा प्रथम सुन्दरहरैचा मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । सुन्दरहरैचा नगरपालिकाद्धारा आयोजित मेयरकपमा मोर ...

योगेश भट्टराई पक्षधर ताप्लेजुङका स्थानीय नेता तान्दै ओली

नेकपा एमालेको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले अर्को पक्षमा लागेका नेताहरुमाथि दबाब सिर्जना गर्न थालेका छन्। माध ...

टिपरको ठक्करबाट सुन्दरहरैँचाकी मैयाको मृत्यु

सुन्दरहरैचा ७ का ६५ बर्षीया मैया श्रेष्ठको टिपरको ठक्करबाट मृत्यु भएको छ । बिहान सवा ५ बजे सुन्दरहरैचा ७ स्थित राजमार्गमा प्रदेश १– ०२–००१ ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved