गोल नगरी नेपाल थ्री नेसन्स कपको फाइनलमा

  • प्रकाशित मितिः चैत्र १४, २०७७
  • उज्यालो प्रदेश
alt

थ्री नेसन्स कपअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल र बंगलादेशले बराबरी खेलेका छन्। शनिबार दशरथ रंशगालामा भएको खेल गोलरहित बराबरीमा सकिएको हो।

बराबरीसँगै नेपाल फाइनलमा पुगेको छ। यसअघि पहिलो खेलमा किर्गिस्तानलाई हराएको बंगलादेश फाइनलमा पुगेको थियो।
अब उपाधिका लागि सोमबार नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ।
यसअघि बंगलादेशले पहिलो खेलमा किर्गिस्तानको यु(२३ टिमलाई १(० गोलले पराजित गरेको थियो। नेपाललाई भने किर्गिस्तानले गोलरहित बराबरीमा रोकेको थियो।

नेपाल गोलरहित बराबरीमा रोकिएको यो लगातार तेस्रो पटक हो। जारी प्रतियोगिताअघि नेपालले बंगलादेशविरूद्धको मैत्रीपूर्ण खेलमा पनि गोलरहित बराबरी खेलेको थियो।शनिबारको खेलमा नेपाली टिममा फेरि पनि पाएको अवसर सदुपयोग गर्न नसक्ने कमजोरी दोहोरियो।

खेलको २० मिनेटमा त्रिदेव गुरूङको क्रसमा सिक्स यार्ड बक्समा अनमार्क रहेका अन्जन विष्टको हेड प्रहार पोस्ट माथिबाट बाहिरियो।२३ मिनेटमा त्रिदेव गुरूङको प्रहारले पनि गोलपोस्टको दिशा लिन सकेन।

५९ मिनेटमा अन्जन विष्टले डिबक्स नजिकबाट हानेको प्रहारलाई बंगलादेशका गोलकिपरले नियन्त्रणमा लिए। ६५ मिनेटमा रन्जित धिमालको क्रसमा अभिषेक रिजालले डिबक्सबाट हानेको प्रहार पनि आउट भयो.

कोरोनाका कारण दशरथ रंगशालामा तय भएका विश्वकप छनोटका खेल पटक पटक स्थगित भएपछि अखिल नेपाल फुटबल संघ ९एन्फा० ले तीन देशबीचको प्रतिस्पर्धा थ्री नेसन्स कप आयोजना गरेको हो।

प्रतिक्रिया दिनुहोस

बैशाख ६ गते देखि सुन्दरहरैचा मेयर कप फुटबल प्रतियोगिता हुने

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालीकामा प्रथम सुन्दरहरैचा मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । सुन्दरहरैचा नगरपालिकाद्धारा आयोजित मेयरकपमा मोर ...

योगेश भट्टराई पक्षधर ताप्लेजुङका स्थानीय नेता तान्दै ओली

नेकपा एमालेको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले अर्को पक्षमा लागेका नेताहरुमाथि दबाब सिर्जना गर्न थालेका छन्। माध ...

टिपरको ठक्करबाट सुन्दरहरैँचाकी मैयाको मृत्यु

सुन्दरहरैचा ७ का ६५ बर्षीया मैया श्रेष्ठको टिपरको ठक्करबाट मृत्यु भएको छ । बिहान सवा ५ बजे सुन्दरहरैचा ७ स्थित राजमार्गमा प्रदेश १– ०२–००१ ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved