पार्टी एकतामा जोड दिदै समितिहरुलाई तत्काल पूर्णता नदिने माओवादी निर्णय

  • प्रकाशित मितिः चैत्र १२, २०७७
  • उज्यालो प्रदेश
alt

माओवादी केन्द्रले नेकपा हुँदाकै अवस्थाको सांगठनिक संरचना कायम राख्ने भएको छ।

नेकपा–एमालेको माधव नेपाल पक्ष वा अन्य कुनै पार्टी तथा समूहसँग एकीकरण हुनसक्ने सम्भावनालाई ध्यान दिएर तत्काल सानो, चुस्त संगठन बनाएर जान लागेको नेताहरु बताउँछन्।

एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बन्दा माओवादी केन्द्रको १९ सदस्यीय स्थायी कमिटी र २ सय सदस्यीय केन्द्रीय समिति थियो।चैत १ गते बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समिति २ सयबाट नबढाउने बताएका थिए।

नेकपा हुँदा गठन गरिएको जस्तो केन्द्रीय सचिवालय माओवादी केन्द्रमा बनाउने कि नबनाउने निर्णय भएको छैन। तत्कालीन नेकपाको सचिवालयमा माओवादी केन्द्रबाट प्रचण्ड, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा थिए।माओवादी केन्द्रको विधान संशोधनको काम भइरहेको र संशोधनपछि सांगठनिक संरचनाको निर्णय हुने नेताहरुले बताएका छन्।

विधानलाई अन्तिम रुप दिनको लागि अहिले स्थायी समिति सदस्य देव गुरुङ जुटिरहेका छन्।उनले पुरानो नेकपा हुँदाखेरीको संरचना कायम रहनसक्ने संकेत गरे।यद्यपि त्यसबारे अब बस्ने केन्द्रीय समिति र राष्ट्रिय भेलाबाट निर्णय लिइने उनको भनाइ छ।

‘अहिले हाम्रो पार्टीमा तत्कालीन नेकपा हुँदाकै सांगठनिक संरचना कायम राखिएको छ,’ गुरुङले भने, ‘पार्टीका बैठकहरु बसेर कति संख्या बनाउने टुंगो लगाउँछौं।’माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि अब बस्ने केन्द्रीय समिति र राष्ट्रिय भेलाबाट सांगठनिक संरचना, पार्टी कमिटी र विभागहरुको निर्णय गरिने बताए।

एक स्थायी समिति सदस्यका अनुसार माओवादी केन्द्रले अन्य पार्टीबाट एकतामा आउने पार्टीहरुलाई समेत पार्टी एकता गर्न सहज हुनेगरी नेकपा हुँदाकै संरचनालाई कायम राख्न लागेको हो।

 

प्रतिक्रिया दिनुहोस

बैशाख ६ गते देखि सुन्दरहरैचा मेयर कप फुटबल प्रतियोगिता हुने

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालीकामा प्रथम सुन्दरहरैचा मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । सुन्दरहरैचा नगरपालिकाद्धारा आयोजित मेयरकपमा मोर ...

योगेश भट्टराई पक्षधर ताप्लेजुङका स्थानीय नेता तान्दै ओली

नेकपा एमालेको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले अर्को पक्षमा लागेका नेताहरुमाथि दबाब सिर्जना गर्न थालेका छन्। माध ...

टिपरको ठक्करबाट सुन्दरहरैँचाकी मैयाको मृत्यु

सुन्दरहरैचा ७ का ६५ बर्षीया मैया श्रेष्ठको टिपरको ठक्करबाट मृत्यु भएको छ । बिहान सवा ५ बजे सुन्दरहरैचा ७ स्थित राजमार्गमा प्रदेश १– ०२–००१ ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved