सन्दीप लामिछानेले इंग्ल्यान्डको टि २० ब्लास्ट खेल्ने

  • प्रकाशित मितिः चैत्र १२, २०७७
  • उज्यालो प्रदेश
alt

काठमाडौं । नेपाली लेगस्पिनर सन्दीप लामिछानेले इंग्ल्यान्डको घरेलु टि २० ब्लास्ट क्रिकेट प्रतियोगिता खेल्ने भएका छन्। लामिछानेले वोर्सेस्टरशायर र्‍यापिड्सबाट इंग्ल्यान्डको घरेलु टी ट्वान्टी क्रिकेट प्रतियोगिता‘भिटालिटी टी ट्वान्टी ब्लास्ट’खेल्ने भएका हुन्।

वोर्सेस्टरशायर काउन्टी क्रिकेट क्लबले उनलाई २०२१ को सिजनका लागि अनुबन्धित गरिएको जनाएको छ। लामिछाने टी ट्वान्टी ब्लास्ट खेल्ने पहिलो नेपाली खेलाडी हुन्।इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले आयोजना गरेको प्रतियोगिता जुन ९ देखि १८ सेप्टेम्बरसम्म हुनेछ।

यस अगाडि इंग्ल्यान्ड र वेल्समा हुने नयाँ फर्म्याटको क्रिकेट प्रतियोगिता ‘द हन्ड्रेड’ लामिछाने छनोट भइसकेका छन्। उनलाई ओभल इन्भिसिबल्सले टोलीमा भित्र्याएको हो। उनले विश्व चर्चित टि २० फ्रेन्चाइज लिग खेलिसकेका छन्।

प्रतिक्रिया दिनुहोस

बैशाख ६ गते देखि सुन्दरहरैचा मेयर कप फुटबल प्रतियोगिता हुने

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालीकामा प्रथम सुन्दरहरैचा मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । सुन्दरहरैचा नगरपालिकाद्धारा आयोजित मेयरकपमा मोर ...

योगेश भट्टराई पक्षधर ताप्लेजुङका स्थानीय नेता तान्दै ओली

नेकपा एमालेको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले अर्को पक्षमा लागेका नेताहरुमाथि दबाब सिर्जना गर्न थालेका छन्। माध ...

टिपरको ठक्करबाट सुन्दरहरैँचाकी मैयाको मृत्यु

सुन्दरहरैचा ७ का ६५ बर्षीया मैया श्रेष्ठको टिपरको ठक्करबाट मृत्यु भएको छ । बिहान सवा ५ बजे सुन्दरहरैचा ७ स्थित राजमार्गमा प्रदेश १– ०२–००१ ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved