जर्मनबाट नेपाललाई १० मिलियन युरो अनुदान

  • प्रकाशित मितिः चैत्र १२, २०७७
  • उज्यालो प्रदेश
alt

काठमाडौं । जर्मनीले नेपालको ग्रिन रिकभरी र समावेशी विकासका लागि १० मिलियन युरो अनुदान दिने भएको छ ।

यससम्बन्धी सम्झातौमा अर्थमन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र नेपालका लागि जर्मनीका राजदूत रोनाल्ड सेइफेरबीच सम्झौता भएको हो ।यसले नीति र सार्वजनिक क्षेत्रलाई ग्रिड जोडिएको सोलार फार्म विस्तार गर्न, सोलार इरिगेसन विस्तार गर्न र अन्य गतिविधि विस्तार गर्न सहयोग गर्ने छ ।

सो सहयोग नेपालको ग्रामीण भेगमा केन्द्रित हुनेछ । ‘आजको सहयोगमार्फत जर्मनीले नेपाललाई आर्थिकरुपमा चुनौतीपूर्ण रहेको अवस्थामा ऐक्यवद्धता जनाएको छ र जर्मनीलाई जलवायु परिवर्तनले खडा गरेको चुनौती सामना गर्न विश्वव्यापीरुपमा भएको प्रयासलाई सहयोग गरेको छ,’ नेपालका लागि जर्मनीका राजदूत सेइफेरले भनेका छन् ।

उनका अनुसार आर्थिक वृद्धिका लागि ऊर्जा एक महत्वपूर्ण तत्व हो तर ऊर्जा क्षेत्रले ग्रिन हाउस ग्यास उत्सर्जन गरिरहेको छ । यो विश्वव्यापी चुनौती सामना गर्न सबै मुलुक एक ठाउँमा आउन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस

बैशाख ६ गते देखि सुन्दरहरैचा मेयर कप फुटबल प्रतियोगिता हुने

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालीकामा प्रथम सुन्दरहरैचा मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । सुन्दरहरैचा नगरपालिकाद्धारा आयोजित मेयरकपमा मोर ...

योगेश भट्टराई पक्षधर ताप्लेजुङका स्थानीय नेता तान्दै ओली

नेकपा एमालेको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले अर्को पक्षमा लागेका नेताहरुमाथि दबाब सिर्जना गर्न थालेका छन्। माध ...

टिपरको ठक्करबाट सुन्दरहरैँचाकी मैयाको मृत्यु

सुन्दरहरैचा ७ का ६५ बर्षीया मैया श्रेष्ठको टिपरको ठक्करबाट मृत्यु भएको छ । बिहान सवा ५ बजे सुन्दरहरैचा ७ स्थित राजमार्गमा प्रदेश १– ०२–००१ ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved