प्रधानमन्त्री र जसपा नेताबीचको वार्ता निष्कर्षविहीन

  • प्रकाशित मितिः चैत्र १०, २०७७
  • उज्यालो प्रदेश
alt

काठमाडौं, । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी नेपाल (जसपा)का नेताहरुबीचको आज (मंगलबार) बालुवाटार वार्ता निष्कर्षविहीन बन्न पुगेको छ ।

दुई दलबीच सत्ता सहकार्यबारे कार्यदलस्तरमा छलफल भए पनि कुनै सहमति हुन नसकेको बैठकपछि जसपा नेता लक्ष्मणलाल कर्णले जानकारी दिएका छन् । टीकापुर घटनाका दोषी रेशम चौधरीलगायतको रिहाइ, मधेस आन्दोलनमा संलग्नमाथि लागेका मुद्दा फिर्ता, संविधान संशोधन, नागरिकता, लाल आयोगको प्रतिवेदन कार्यान्वयनलगायतको विषयमा छलफल भए पनि कुनै सहमति नभएको कार्यदलका सदस्य समेत रहेका कर्णले जानकारी दिएका छन् ।

यद्यपी छलफललाई निरन्तरता दिने सहमति भएको उनले बताएका छन् । वार्ताका लागि गठन भएको कार्यदलमा सरकारको तर्फबाट सुवास नेम्वाङ, डा। राजन भट्टराई र विष्णु पौडेल रहेका छन् भने जसपा नेपालको तर्फबाट कर्णसहित सर्वेन्द्रनाथ शुक्ला रहेका छन् ।

प्रधानमन्त्रीसँगको आजको बालुवाटार वैठकलाई जसपाका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवले भने वहिष्कार गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा पर्ने देखिएपछि सत्ता जोगाउनका लागि उनले जसपा नेपाललाई मनाउने प्रयास गर्दै आएका छन् ।

जसपा नेपालले आफूहरुको माग पूरा भएपछि मात्र सरकारमा जाने अडान लिएका छन् । सोही अडानको विषयमा सरकार र जसपा नेपालबीच पटक–पटक छलफल हुँदै आएको छ । जसपाका मागहरुमध्ये निलम्बित सांसद रेशम चौधरीको रिहाइका विषयमा प्रधानमन्त्री सकारात्मक देखिए पनि संविधान संशोधनलगायतका विषयमा नरम छैनन् ।

प्रतिक्रिया दिनुहोस

बैशाख ६ गते देखि सुन्दरहरैचा मेयर कप फुटबल प्रतियोगिता हुने

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालीकामा प्रथम सुन्दरहरैचा मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । सुन्दरहरैचा नगरपालिकाद्धारा आयोजित मेयरकपमा मोर ...

योगेश भट्टराई पक्षधर ताप्लेजुङका स्थानीय नेता तान्दै ओली

नेकपा एमालेको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले अर्को पक्षमा लागेका नेताहरुमाथि दबाब सिर्जना गर्न थालेका छन्। माध ...

टिपरको ठक्करबाट सुन्दरहरैँचाकी मैयाको मृत्यु

सुन्दरहरैचा ७ का ६५ बर्षीया मैया श्रेष्ठको टिपरको ठक्करबाट मृत्यु भएको छ । बिहान सवा ५ बजे सुन्दरहरैचा ७ स्थित राजमार्गमा प्रदेश १– ०२–००१ ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved