दमकको चिया बगानमा सवारी दुर्घटना हुदा २ को मृत्यु, ३ घाइते

  • प्रकाशित मितिः चैत्र ८, २०७७
  • उज्यालो प्रदेश
alt

झापा । झापाको दमकमा भएको सवारी दुर्घटनामा दुईको मृत्यु ३ जना घाईते भएका छन् ।

पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत झापाको दमक नगरपालिका–४ चिया बगानमा शनिबार बेलुका तीन जना सवार रहेको मोटरसाइकललाई टिपरले ठक्कर दिँदा भएको दुर्घटनामा परेर मोटरसाइकलमा सवार मोरङको रतुवामाईका दुई जनाले ज्यान गुमाएका हुन् ।

प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क १०८२ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १ –०२–०४४ प ८१३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

दुर्घटनामा परेर रतुवामाई नगरपालिका–८ का २३ वर्षीय निरन बस्नेत र २४ वर्षीय अनिष कोइरालाको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका डीएसपी नवराज कार्कीले जानकारी दिए ।

मृतकमध्ये बस्नेत मोटरसाइकल चालक हुन् । कोइराला पछाडि बसेका थिए । दुर्घटनामा परेर दुवै जना गम्भीर घाइते भएका थिए । बस्नेतको उपचारका क्रममा झापाको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा साँझ ७ः४० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै उपचारका लागि दमककै लाइफलाइन अस्पताल लैजाँदै गर्दा कोइरालाको बाटैमा मृत्यु भएको हो ।

मोटरसाइकलको बीचमा रहेका रतुवामाईकै १८ वर्षीय हर्षित बास्तोला गम्भीर घाइते भएको जानकारी डीएसपी कार्कीले दिए । उनका अनुसार बास्तोलाको बी एण्ड सी अस्पतालमै उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

बैशाख ६ गते देखि सुन्दरहरैचा मेयर कप फुटबल प्रतियोगिता हुने

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालीकामा प्रथम सुन्दरहरैचा मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । सुन्दरहरैचा नगरपालिकाद्धारा आयोजित मेयरकपमा मोर ...

योगेश भट्टराई पक्षधर ताप्लेजुङका स्थानीय नेता तान्दै ओली

नेकपा एमालेको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले अर्को पक्षमा लागेका नेताहरुमाथि दबाब सिर्जना गर्न थालेका छन्। माध ...

टिपरको ठक्करबाट सुन्दरहरैँचाकी मैयाको मृत्यु

सुन्दरहरैचा ७ का ६५ बर्षीया मैया श्रेष्ठको टिपरको ठक्करबाट मृत्यु भएको छ । बिहान सवा ५ बजे सुन्दरहरैचा ७ स्थित राजमार्गमा प्रदेश १– ०२–००१ ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved