पेशागत बीमा अभिकर्ता संघ बीमक समिति नेपाल लाइफ बिरुद्ध बीमा समितिमा उजुरी

  • प्रकाशित मितिः चैत्र ४, २०७७
  • उज्यालो प्रदेश
alt

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफले अभिकर्ताको रकम अनधिकृत अपचलन गरेको भन्दै अभिकर्ता सुमित्रा भट्टले बीमा समितिमा उजुरी दिएकी छिन । भट्टले आर्थिक वर्ष २०७६र७७ मा नेपाल लाइफ इन्स्योरेन्सबाट पाउने सेवा सुविधामा ५ हजार रुपैयाँ कट्टा गरेको भन्दै समितिमा उजुरी दिएकी हुन् ।

आफु अभिकर्ता संघको सदस्य समेत नरहेको अवस्थामा अनुमति विना पैसा काटिएको भन्दै उनले उजुरीमा खुलाएकी छिन । उजुरीमा भट्टले कुन नियम र विधानमा टेकेर आफ्नो रकम काटिको हो र उक्त रकम फिर्ता गराइपाउ भन्दै निवेदन दिएकी हुन् ।

निवेदक भट्टले दिएको उजुरीमा भनिए जस्तो गैरकानुनी रुपमा रकम नकाटिएको पेशागत बीमा अभिकर्ता संघ, नेपाल लाइफका अध्यक्ष राजेन्द्र अमात्यले जानकारी दिए । अभिकर्ता संघ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी विचको संझौता अनुसार नै अभिकर्ताहरु सँग पैसा लिने गरिएको अमात्यले जानकारी दिए ।

नेपाल लाइफका अभिकर्ताले निश्चित टार्गेट पुरा गरे पछि एजेन्सी म्यानेजर हुन पाउछन् । एजेन्सी म्यानेजरले टार्गेट पुरा गरे अनुसार संघलाई भुक्तानी गर्ने लेबी फरक फरक रहेको छ । सामान्य अभिकर्ताले भने प्रति पोलिसी १० रुपैयाँ लेबि बुझाउनु पर्छ । तर एजेन्सी म्यानेजरले भने ५०० रुपैयाँदेखि पोलिसी बिक्रि गरे अनुसार लेबी बुझाउनु पर्ने नियम रहेको छ । यहि नियम अनुसार अभिकर्ता भट्टको पैसा काटिएको अमात्यले जानकारी दिए ।

अभिकर्ताबाट उठाउने गरिएको रकमको पुर्ण रुपमा लेखाजोखा गरिएको र हरेक वर्ष लेखापरिक्षण हुने गरेको अध्यक्ष अमात्यले बताए । उनका अनुसार यसरी अभिकर्ताहरु सँग लिएको रकमलाई आम्दानीको रुपमा देखाएर संघले आर्थिक वर्ष २०७५र७६ को लेखापरिक्षण गरिसकेको छ ।

यसरी संकलन गरिएको रकम केन्द्रिय कमिटीले ६० प्रतिशत र शाखा स्तरका कमिटीले ४० प्रतिशत खर्च गर्न पाउने प्रावधान रहेको छ । यहि रकमबाट अभिकर्ताहरुको हकहितका लागि खर्च गर्ने, तालिम गर्ने, आम्दोलन गर्ने लगायतका काम हुने गरेको अमात्यले जानकारी दिए ।

उजुरीकर्ता भट्टकी श्रीमान मदन भट्ट र कम्पनी प्रतिको असंतुष्टिका कारण यो उजुरी परेको अमात्यले आरोप लगाए । सुमित्रा भट्टकी श्रीमानले नेपाल लाइफमा दोहोरो अभिकर्ता कोड माग गरेको तर नियम अनुसार नपाउने भन्दै कम्पनीले रद्ध गरिदिए पछि संघ विरुद्ध उजुरी दिएको उनिहरुको आरोप छ । यो उजुरी एक वर्ष अगाडि नै बीमा समितिमा परेको थियो । तर उजुरीको सुनुवाइ नभएको भन्दै भट्टले पुनः उजुरी दिएकी हुन् ।

अभिकर्ताहरुले विभिन्न कम्पनीमा काम गरिरहेका हुन्छन्। कतिपय अभिकर्ताले एउटै कम्पनीमा दुई वटा भन्दा बढि कोड लिएर काम गरिरहेका छन् । दोहोरो कोर्ड लिने काम अभिकर्ता क्षेत्रकै विकृती भएको पेशागत अभिकर्ता संघका अध्यक्ष नन्द प्रसाद तिवारीले जानकारी दिए । एउटा व्यक्तीको नागरिकता एउटा भए जस्तै कम्पनीको हकमा पनि एक व्यक्तिको अभिकर्ता कोर्ड एउटै हुने उनको तर्क छ ।इन्स्योरेन्स खबर बाट

प्रतिक्रिया दिनुहोस

बैशाख ६ गते देखि सुन्दरहरैचा मेयर कप फुटबल प्रतियोगिता हुने

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालीकामा प्रथम सुन्दरहरैचा मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । सुन्दरहरैचा नगरपालिकाद्धारा आयोजित मेयरकपमा मोर ...

योगेश भट्टराई पक्षधर ताप्लेजुङका स्थानीय नेता तान्दै ओली

नेकपा एमालेको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले अर्को पक्षमा लागेका नेताहरुमाथि दबाब सिर्जना गर्न थालेका छन्। माध ...

टिपरको ठक्करबाट सुन्दरहरैँचाकी मैयाको मृत्यु

सुन्दरहरैचा ७ का ६५ बर्षीया मैया श्रेष्ठको टिपरको ठक्करबाट मृत्यु भएको छ । बिहान सवा ५ बजे सुन्दरहरैचा ७ स्थित राजमार्गमा प्रदेश १– ०२–००१ ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved