इटहरी उपमहानगरको आठौ नगरसभाको वैठकले आर्थिक बर्ष २०७७÷७८को पुरक वजेट पारित गरेको छ ।
नगरप्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा भएको बैठकले १ अर्व ९५ करोड ४० लाखको संसोधित पूरक आय ब्यय अनुमान पारित गरेको हो ।अस्ति फागुन १४ गते उपप्रमुख लक्ष्मी गौतमले पुरक बजेट सभामा पेश गर्नुभएको थियो । यसैगरि आजको बैठकले विनियोजन ऐन संसोधन विधेयक र आर्थिक ऐन संसोधन विधेयक पारित गरेको छ ।
विधेयक माथि भएको छलफलमा नगरसभा सदस्य गणेश खत्रीले भाग लिनुभयो । छलफलमा उठेका प्रश्नको उपप्रमुख लक्ष्मी गौतमले जवाफ दिनुभयो ।नगरसभाको आजको वैठकमा उपप्रमुख गौतमले इटहरी उपमहानगरका कर्मचारीको तह तथा स्तरवृद्धि सम्वन्धमा ब्यवस्था गर्न वनेको विधेयक २०७७ र इटहरी उपमहानगरका कर्मचारीको स्थायी तथा करार नियुक्ति गर्ने सम्न्धमा ब्यवस्था गर्न वनेको विधेयक २०७७ पेश गर्नुभएको छ । अर्को वैठक चैत ३ गते दिउसो ३ वजे वस्ने छ ।
प्रतिक्रिया दिनुहोस
सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालीकामा प्रथम सुन्दरहरैचा मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । सुन्दरहरैचा नगरपालिकाद्धारा आयोजित मेयरकपमा मोर ...
नेकपा एमालेको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले अर्को पक्षमा लागेका नेताहरुमाथि दबाब सिर्जना गर्न थालेका छन्। माध ...
सुन्दरहरैचा ७ का ६५ बर्षीया मैया श्रेष्ठको टिपरको ठक्करबाट मृत्यु भएको छ । बिहान सवा ५ बजे सुन्दरहरैचा ७ स्थित राजमार्गमा प्रदेश १– ०२–००१ ...
Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved