प्रदेशस्तरीय पुरुष भलिवलको उपाधी दमक झापालाई

  • प्रकाशित मितिः चैत्र १, २०७७
  • उज्यालो प्रदेश
alt

मोरङको सुन्दरहरैंचास्थित गछियामा सम्पन्न एकनम्बर प्रदेश स्तरीय पुरूष भलिवल प्रतियोगिताको उपाधि दमक झापाले जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा आयोजक जनसहयोग युवा क्लव सुन्दरहरैंचालाई ३–० को सोझो सेटमा पराजित गर्दै दमक झापाले उपाधिजितेको हो ।

उपाधिविजेता दमकले १ लाख १ हजार १ सय ११ रूपैयाँ पुरस्कार तथा ट्रफि पाएको छ । यता उपविजेतामा चित्त बुझाउन बाध्य आयोजकले ५१ हजार १ सय ११ रूपैया र ट्रफि पाएको छ ।त्यस्तै शनिबार भएको पहिलो सेमीफाइनल खेलमा विमान ट्रेडर्स विर्तामोडलाई ३–१ ले पराजितगर्दै आयोजकले फाइलनमा स्थान बनाएको थियो भने दोश्रो सेमीफाइनल खेलमा रामधुनी सुनसरीलाई ३–१ को सेटमा पराजित गर्दै दमकले उपाधि भिडन्त पक्का गरेकोथियो ।

तेश्रो भएको विर्तामोडले नगद २५ हजार १ सय ११ रूपैया ट्रफि हात पारेको छ । प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट हुनेखेलाडीहरुलाई समेत पुरस्कृत गरिएको थीयो ।विजेता तथा उपविजेता खेलाडीहरुलाई सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकाल, सुन्दरहरैंचा ६ का वडाध्यक्ष जीवनराई, नेकपा नेता केदार गुरागाईं, कांग्रेस नेता भक्ति सिटौला लगायतले पुरस्कारप्रदान गरेका थीए । प्रतियोगितामा सुनसरी, झापा मोरंग का विभिन्न ठाउँबाट १२ वटा टीमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

बैशाख ६ गते देखि सुन्दरहरैचा मेयर कप फुटबल प्रतियोगिता हुने

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालीकामा प्रथम सुन्दरहरैचा मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । सुन्दरहरैचा नगरपालिकाद्धारा आयोजित मेयरकपमा मोर ...

योगेश भट्टराई पक्षधर ताप्लेजुङका स्थानीय नेता तान्दै ओली

नेकपा एमालेको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले अर्को पक्षमा लागेका नेताहरुमाथि दबाब सिर्जना गर्न थालेका छन्। माध ...

टिपरको ठक्करबाट सुन्दरहरैँचाकी मैयाको मृत्यु

सुन्दरहरैचा ७ का ६५ बर्षीया मैया श्रेष्ठको टिपरको ठक्करबाट मृत्यु भएको छ । बिहान सवा ५ बजे सुन्दरहरैचा ७ स्थित राजमार्गमा प्रदेश १– ०२–००१ ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved