केराबारी गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न सुरक्षाको अनुभूति नपाएको र सेवाप्रवाहमा ढिलासुस्ती हुनेगरेको गुनासो

  • प्रकाशित मितिः फाल्गुन २९, २०७७
  • उज्यालो प्रदेश
alt

केराबारी । मोरङको केराबारी गाउँपालिकाले शुक्रबार सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । गाउँपालिकाले प्रदान गर्दै आएको सेवा प्रवाह कस्तो छ ? आगमी दिनमा कस्तो सेवा प्रवाह गर्दा नागरिकले सहजै सेवा पाउँन सक्छन् भनि नागरिकको सुझाव समेत लिने उदेश्यले संञ्चालन भएको सो सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागिहरुले खुलेर आ आफ्ना जिज्ञासा राखेका थिए ।
हिमचुली सामुदायिक वनको सभाहलमा गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाले सेवाग्राहीको जिज्ञासा लिने तथा गोप्य रुपमा सेवाप्रदायक संस्थालाई सुझाव प्रदान गर्न चाहने नागरिकको लागि कुनैपनि कार्यालय हाताभित्र सुझाव पेटिका समेत व्यवस्थापन गर्न नसकेको औल्याएका थिए ।

punya sir

केराबारी १० का मिथुन देवानले गाउँपालिकामा सुझाव पेटिका नभएको भन्दै ध्यानाकर्षण गराएपछि प्रमुख प्रशासकिय अधिकृत होमप्रसाद पौड्यालले चाडै नै ११ ओटा सुझाव पेटिका राख्ने प्रतिवद्धता जनाएका थिए ।साथै पछिलो समय केराबारीमा सुरक्षा निकायबाट ढुक्क हुने अवस्था नरहेको र प्रहरीहरु खोला ठेकेदार र उद्योगकको डिउटीमै रमाउने गरेका कारण नागरिकले सुरक्षाको अनुमूति गर्न नपाएको चन्द्र मगरले बताए ।

कार्यक्रममा जेष्ठनागरिक समाजका सचिव पदम प्रसाद अधिकारीले पछिलो समय लक्षित वर्गको रकम नपाएको भन्दै गुनासो गरे । निर्मला लिम्बूले महिलाहरुमाथि विवेद भएको औल्याउँदै महिलाको विकासमा पालिकाबाट भनेजस्तो बजेट तथा योजना कार्यक्रम नभएको भन्दै महिलाहरुलाई हरेक नीति निर्माण तहमा समावेश गर्न सुझाव दिएकी थिइन् । कार्यक्रममा केराबारी ९ का वासु बरालले कृषिमा केही हुन्छ भनेर व्यवसाय सुरु गरेको व्यवसाय प्रर्बद्धन गर्न छुटिएको बजेटको रकमान्तर भई हराएको भन्दै कटाक्ष गरे ।

नेपाली कांग्रेसका सभापति प्रकास वस्नेतले गाउँपालिकाकी उपाध्यक्ष शान्ति कुमारी लिम्बू भुजेललाई खेलकुदको व्यवस्थापन नहुँदा सधै चन्दा मागेर प्रतियोगिता चलाउँनुपर्ने दिन कहिले अन्त्य हुन्छ भनेर प्रश्न गरेका थिए ।

IMG_2191

गाउँपालिका अध्यक्ष रोहित कार्कीलाई खोलाका कारण गाउँपालिकामा ढुंगामुडा भयो , विवाह घरमा आक्रमण भयो, दुइ चार ओटा घरमा चोरी भए तर केराबारीको सुरक्षामा गाउँपालिकाले किन सुरक्षा प्रबन्ध मिलाउन नसकेको भन्दै गुनासो राखे भने सेवाग्राहीले योजना फरफारकको लागि सारै दुख भोग्नुपरेको औल्याउदै त्यसलाई सहज बनाउन माग गरेका थिए ।

सवाल जवाफको क्रममा पालिका उपाध्यक्ष भूजेलले पुरुषवादी सोच र चिन्तन हट्न नसक्दा महिलाहरुलाई बजेट छुट्याउन कञ्जुस्याई हुने गरेको बताउँनुभयो । भुजेलले भन्नुभयो बालविवाह बढेका कारण समाजमा महिला हिंसा बढेको र त्यस्ता बाट जन्मिएका बच्चाहरुले आमा बाबाको माया ममता नपाउदा सानै देखि बालबालिका दुव्र्यसनको शिकार हुन पुगेको भन्दै सवै नागरिक सचेत बन्नुपर्ने औल्याईन् ।

1 (2) 1

कार्यक्रममा पालिका अध्यक्ष रोहित कार्कीले सके सम्म विकास निर्माणमा पहिलो प्राथमिकता दिदै गएका कारण भौतिक पूर्वाधार क्षेत्रमा केही प्रगतिको सूचक देखिएपनि शिक्षा स्वास्थ्य तथा कृषि जस्ता विषयमा बजेट कमै छुटिने गरेको बताउनुभयो ।केराबारीमा न्युन प्रहरी जनशक्तिका कारण र सवारी साधनको अभावमा सुरक्षामा चूनौति थपिएको स्वीकार्दै अध्यक्ष कार्कीले गाउँपालिकाले मर्मत र तेलमा प्रयाप्त रकम दिएपनि गाडी नै किन्ने सामथ्र्य नरहेको औल्याए ।  दिन दुइगुणा रात चौगुणा दुर्वेसनीको संख्या बढ्दै गएका कारण र बालबिवाह जस्ता घट्नाले समाजमा प्रश्रय पाउँदै गरेका कारण समाजमा अपराधिक गतिवीधि बढ्दै गएको नागरिकले आवाज उठाएका छन् ।

प्रतिक्रिया दिनुहोस

बैशाख ६ गते देखि सुन्दरहरैचा मेयर कप फुटबल प्रतियोगिता हुने

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालीकामा प्रथम सुन्दरहरैचा मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । सुन्दरहरैचा नगरपालिकाद्धारा आयोजित मेयरकपमा मोर ...

योगेश भट्टराई पक्षधर ताप्लेजुङका स्थानीय नेता तान्दै ओली

नेकपा एमालेको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले अर्को पक्षमा लागेका नेताहरुमाथि दबाब सिर्जना गर्न थालेका छन्। माध ...

टिपरको ठक्करबाट सुन्दरहरैँचाकी मैयाको मृत्यु

सुन्दरहरैचा ७ का ६५ बर्षीया मैया श्रेष्ठको टिपरको ठक्करबाट मृत्यु भएको छ । बिहान सवा ५ बजे सुन्दरहरैचा ७ स्थित राजमार्गमा प्रदेश १– ०२–००१ ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved