बंगलादेश स्वतन्त्रताको स्वर्ण जयन्ती तथा बंगलादेशका संस्थापक शेख मुजिबवुर रहमानको शतवार्षिकी जन्मजयन्तीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी चैतको दोस्रो साता बंगलादेशको दुई–दिने भ्रमणमा जाने कार्यक्रम तय भएको छ।
राष्ट्रपति भण्डारीलाई बंगलादेशबाट निमन्त्रणा गरिएको हो।राष्ट्रपति भण्डारीले गत वर्ष नै बंगलादेश भ्रमण गर्ने तय भए पनि कोरोना महामारीका कारण रोकिएको थियो।२०७६ कातिक २६ गते बंगलादेशी राष्ट्रपति अब्दुल हमिद चार दिने नेपाल भ्रमणमा आएका थिए।
त्यसपछि बंगलादेशको निमन्त्रणामा नेपालबाट पनि राष्ट्रप्रमुख तहबाट नै बंगलादेश भ्रमण गर्ने योजना बनेको हो। तर कोरोना महामारीका कारण रोकिएको सो भ्रमणलाई आगामी चैत दोस्रो साता गर्ने गरी तय भएको हो।
बंगलादेश सरकारले रहमानको शतवार्षिकी जन्मजयन्ती र बंगलादेश स्वतन्त्रताको स्वर्ण जयन्ती चैत ४ देखि १३ सम्म मनाउने गरी १० दिने कार्यक्रमको तयारी गरेको छ।स्रोतका अनुसार राष्ट्रपति भण्डारी बंगलादेशको भ्रमणका लागि चैत ९ गते प्रस्थान गर्ने तय भएको छ।
‘राष्ट्रपतिको दुई–दिने बंगलादेश भ्रमणको कार्यक्रम तय भएको छ,’ स्रोतले नेपालखबरसँग भन्यो, ‘बंगलादेशमा रहँदा राष्ट्रपति भण्डारीले त्यहाँका राष्ट्रपति अब्दुल हमिद र प्रधानमन्त्री शेख हसिनासँग भेट वार्ता गर्नु हुनेछ।
बंगलादेशी सञ्चारमाध्यमहरुले पनि राष्ट्रपति भण्डारी चैत ९ गते बंगलादेश आउने कार्यक्रम तय भएको बताएका छन्।भण्डारीको भ्रमणलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चैत १३ मा बंगलादेशको भ्रमण गर्ने कार्यक्रम तय भएको छ।त्यसअघि चैत ४ गते माल्दिभ्सका राष्ट्रपति इब्राहिम सोलिहले भ्रमण गर्ने कार्यक्रम छ।चैत ४ गते रहमानको जन्मजयन्ती हो भने चैत १३ गते बंगलादेश स्थापना भएको दिन हो।
राष्ट्रपति भण्डारीका प्रेस विज्ञ टिका ढकालले गतवर्ष बंगलादेशका राष्ट्रपति हमिदले नेपाल भ्रमण गरेपछि नेपालबाट पनि सोहि स्तरको भ्रमणका लागि गरिएको निमन्त्रणा र अभ्यासअनुसार दुई देशबीच परामर्श सुरु भएको हो।तर कोभिडका कारण हुन सकिरहेको थिएन।
‘अहिले बंगलादेशको स्वतन्त्रता दिवस र संस्थापक नेताको शतवार्षिकीको अवसर पारेर बंगलादेशबाट फेरि निमन्त्रणा आएको हो, तयारीकै चरणमा छ,’ ढकालले नेपालखबरसँग भने, ‘मिति टुंगो लगाउने लगायतका काम सरकारले गर्ने कुरा हो, त्यसबारे दुवैतर्फका सरकारले काम गरिरहेको मैले बुझेको छु।’
कोभिड महामारी सुरु भएपछि नेपालका राष्ट्रप्रमुख ९राष्ट्रपति० वा सरकार प्रमुख ९प्रधानमन्त्री० बाट गरिने यो नै पहिलो विदेश भ्रमण हुनेछ।
प्रतिक्रिया दिनुहोस
सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालीकामा प्रथम सुन्दरहरैचा मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । सुन्दरहरैचा नगरपालिकाद्धारा आयोजित मेयरकपमा मोर ...
नेकपा एमालेको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले अर्को पक्षमा लागेका नेताहरुमाथि दबाब सिर्जना गर्न थालेका छन्। माध ...
सुन्दरहरैचा ७ का ६५ बर्षीया मैया श्रेष्ठको टिपरको ठक्करबाट मृत्यु भएको छ । बिहान सवा ५ बजे सुन्दरहरैचा ७ स्थित राजमार्गमा प्रदेश १– ०२–००१ ...
Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved