डेपुटी गभर्नरको कार्य विभाजन, वरियतामा छुट्याईयो विभाग

  • प्रकाशित मितिः फाल्गुन २७, २०७७
  • उज्यालो प्रदेश
alt

काठमाडौं । नेपाल राष्ट्र बैंकमा नवनियुक्त डेपुटी गभर्नरहरुको कार्यविभाजन भएको छ । बुधबार अपराह्न पदभार ग्रहण गरेसँगै डेपुटी गभर्नरहरुको कार्यविभाजन भएको हो ।

कार्यविभाजन अनुसार निवर्तमान डेपुटी गर्भर चिन्तामणि शिवाकोटीले सम्हाल्दै आएका विभागहरु नीलम ढुंगानालाई दिइएको छ । त्यस्तै, अर्का निवर्तमान डेपुटी गभर्नर शिवराज श्रेष्ठले सम्हालेका विभागहरु बमबहादुर मिश्रले हेर्नेछन् ।

बैंकको सबैभन्दा शक्तिशाली विभाग मानिने बैंक तथा वित्तीय संस्था नियमन विभागको जिम्मेवारी ढुंगानाको कार्यक्षेत्रमा परेको छ । त्यस्तै विदेशी विनिमय विभाग, राष्ट्रऋण व्यवस्थापन विभाग, मुद्रा व्यवस्थापन विभाग, भुक्तानी प्रणाली विभाग, जनशक्ति व्यवस्थापन विभाग, सामान्य सेवा विभाग र संस्थागत योजना विभाग पनि उनैले हेर्नेछिन् ।

मिश्रको कार्यक्षेत्रमा भने वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी र लघुवित्त संस्था गरी चारवटै क्षेत्रका सुपरिवेक्षण विभाग, अनुसन्धान विभाग, वित्त व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेश कार्यालयहरु रहेका छन् । सूचना प्रविधि महाशाखा हेर्ने जिम्मा पनि मिश्रकै भागमा परेको छ ।

गभर्नरको कार्यालय, वित्तीय जानकारी इकाई, कानून महाशाखा, आन्तरिक लेखापरीक्षण विभाग भने गभर्नरकै मातहतमा रहँदै आएको छ ।डेपुटी गभर्नरमध्ये ढुंगानालाई पहिलो वरियातको मानिएको छ । गभर्नरको अनुपस्थितिमा ढुंगानाले नै कामू गभर्नरको जिम्मेवारी पाउनेछिन् ।

प्रतिक्रिया दिनुहोस

बैशाख ६ गते देखि सुन्दरहरैचा मेयर कप फुटबल प्रतियोगिता हुने

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालीकामा प्रथम सुन्दरहरैचा मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । सुन्दरहरैचा नगरपालिकाद्धारा आयोजित मेयरकपमा मोर ...

योगेश भट्टराई पक्षधर ताप्लेजुङका स्थानीय नेता तान्दै ओली

नेकपा एमालेको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले अर्को पक्षमा लागेका नेताहरुमाथि दबाब सिर्जना गर्न थालेका छन्। माध ...

टिपरको ठक्करबाट सुन्दरहरैँचाकी मैयाको मृत्यु

सुन्दरहरैचा ७ का ६५ बर्षीया मैया श्रेष्ठको टिपरको ठक्करबाट मृत्यु भएको छ । बिहान सवा ५ बजे सुन्दरहरैचा ७ स्थित राजमार्गमा प्रदेश १– ०२–००१ ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved