बाघको आक्रमणबाट १७ को मृत्यु

  • प्रकाशित मितिः फाल्गुन २७, २०७७
  • उज्यालो प्रदेश
alt फाइल तस्बिर

बर्दिया — घरनजिकको सामुदायिक वनमा बुधबार घाँस काट्न गएकी एक महिला बाघको आक्रमणमा मारिएकी छन् ।
मधुवन नगरपालिका–३ को सम्झना सामुदायिक वनमा स्थानीय २९ वर्षीया रिना भनिने रेनुका सुनारको मृत्यु भएको हो ।

असोजयता मात्रै बाघको आक्रमणबाट यहाँ ८ जनाको मृत्यु भएको निकुञ्जका सहायक प्रमुख संरक्षण अधिकृत असिम थापाले बताए । ‘दुई वर्षको बीचमा बर्दियामा १५ र बाँकेमा दुई जना गरी १७ जनाको मृत्यु भइसकेको छ,’ उनले भने । अधिकांश घटना वनमा चरीचरन र घाँसदाउरा गर्ने क्रममै भएका छन् । तीमध्ये निकुञ्जभित्रको पूर्वपश्चिम राजमार्गमा एक जना र अन्यको मध्यवर्ती र संरक्षित क्षेत्रमा मृत्यु भएको निकुञ्जले जनाएको छ ।

गेरुवा गाउँपालिकाको सरकारी सामुदायिक वन, ठाकुरबाबा र मधुवन नगरपालिकामा बाघको आक्रमणका घटना बढेको छ । यी तीनै स्थान वनको नजिक बस्ती विकास भएका क्षेत्र हुन् । बस्ती बढ्दै गए पनि वन कार्यालयले बाघको सम्भावित आक्रमणबाट बच्न स्थानीयलाई सुरक्षा सचेतनासम्बन्धी कुनै जानकारी नदिँदा घटना बढ्दै गएको मधुवन–३ का फलराम थारूले बताए । ‘बाघबाट बच्ने कुनै कार्यक्रम छैनन्,’ उनले भने, ‘जंगल छेउको बस्तीका सबै त्रसित छन् ।’

एउटा वयस्क बाघलाई वार्षिक झन्डै ५०र६० वटासम्म वयस्क चित्तलको आवश्यकता हुन्छ । बर्दिया निकुञ्जमा बाघका लागि आहारा प्रशस्त छ । चारकोसे जंगल विनाश, अतिक्रमित क्षेत्रमा मानव बस्ती र कृषि भूमि बढ्दै जाँदा बाघको विचरण क्षेत्र भने खुम्चिएको छ । आफ्नो क्षेत्र अतिक्रमणमा परेपछि बाघ निकुञ्जबाहिर आउने गरेको संरक्षणकर्मीकै दाबी छ ।

सन् २०१८ मा बर्दिया निकुञ्जमा गणना गर्दा ८७ वटा वयस्क बाघ थिए । पछिल्लो पटक यसको संख्या १ सय २५ नाघेको अनुमान निकुञ्जको छ । त्यस समय डमरु ९बाघका बच्चा० को गणना गरिएको थिएन । निकुञ्जले गरेको अध्ययनमा पछिल्लो पटक झन्डै एक दर्जन नयाँ बाघ फेला परेको देखिएको छ । डमरु हुर्केर वयस्क बनेका कारण बाघको संख्या बढेको हो । निकुञ्जको कर्णाली तटीय क्षेत्र बाघको प्रमुख बासस्थान छ ।

 

प्रतिक्रिया दिनुहोस

बैशाख ६ गते देखि सुन्दरहरैचा मेयर कप फुटबल प्रतियोगिता हुने

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालीकामा प्रथम सुन्दरहरैचा मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । सुन्दरहरैचा नगरपालिकाद्धारा आयोजित मेयरकपमा मोर ...

योगेश भट्टराई पक्षधर ताप्लेजुङका स्थानीय नेता तान्दै ओली

नेकपा एमालेको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले अर्को पक्षमा लागेका नेताहरुमाथि दबाब सिर्जना गर्न थालेका छन्। माध ...

टिपरको ठक्करबाट सुन्दरहरैँचाकी मैयाको मृत्यु

सुन्दरहरैचा ७ का ६५ बर्षीया मैया श्रेष्ठको टिपरको ठक्करबाट मृत्यु भएको छ । बिहान सवा ५ बजे सुन्दरहरैचा ७ स्थित राजमार्गमा प्रदेश १– ०२–००१ ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved