केराबारी । मोरङको केराबारी गाउपालिका २ सिंहदेवीबाट लेटाङ आउदै गरेको पिकअप भ्यान शुक्रवार दिउसो लेटाङको साविक भोगटेनी स्थित कुइकुण्डा भन्ने ठाउमा दुर्घटना हँुदा दुई जनाको घटना स्थलमै मृत्यु भएको छ ।
शुक्रवार मध्यान्ह यात्रु लिएर आउदै गरेको मे १ज १११५ नम्बरको महिन्द्र पिकअप भ्यान भिरालो बाटोमा ब्रेकफेल भई भिरबाट खस्दा दुई जनाको ज्यान गएको हो ।
मृत्यु हुनेमा भारतको आसाम घर भएका वर्ष २१ का कपन ठकुरी र धनकुटा चौविसे ८ आइतवारेकी ५० वर्षिय चन्द्रमाया लिम्बु रहेका इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ । दुर्घट्नामा परी घाईतेहुनेहरुमा केराबारी २ सिंहदेवीका २९ वर्षिय गंगा लिम्बू, ७९ वर्षका गणेश इवा, १९ वर्षकी ममता राई,७० वर्षका सुनमाया लिम्बू,६५ वर्षिय बुद्धमाया लिम्बू,२७ वर्षिय शान्ता लिम्बू,१८ वर्षिय विवेक मगर , ७५ वर्षिय कृष्णमाया लिम्बू र ४५ वर्षिय खेममाया मल्ल रहेका छन् । त्यसैगरी चौविसे गाउँपालिकाका वडा नं. ८ का २१ वर्षिय विश्व लिम्बू, १३ वर्षिय दिवश राई , २७ वर्षिय मनमाया लिम्बू र आसामका मनोज थापा रहेको प्रहरीले जनााएको छ ।
उनीहरुको धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
विराटनगर । दुई महिलालाई भारततर्फ लैजाँदै गर्दा प्रहरीले विराटनगरबाट दुई पुरुषलाई पक्राउ गरेको छ । सिन्धुपाल्चोक घर भएका महिलालाई विराटनगरबाट सीमा नाका ...
काठमाडौं । नेकपा एमालेले र माओवादी केन्द्र अलग अलग भएर जाने भएका छन् । पेरिसडाँडामा बसेको प्रचण्ड माधव नेपालको स्थायी कमिटी बैठकले एमाले र माओवादी केन ...
धरान । धरान १७ पटनालीको श्री ज्वालामुखी माध्यमिक विद्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । गए राति दुई बजे आगलागी भएको विद्यालयका प्रधानाध्यापक भरत खत ...
Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved