विराटनगर रानी नाकाबाट दुई महिलाको उद्धार, दुई पुरुष पक्राउ

  • प्रकाशित मितिः फाल्गुन २४, २०७७
  • उज्यालो प्रदेश
alt

विराटनगर । दुई महिलालाई भारततर्फ लैजाँदै गर्दा प्रहरीले विराटनगरबाट दुई पुरुषलाई पक्राउ गरेको छ । सिन्धुपाल्चोक घर भएका महिलालाई विराटनगरबाट सीमा नाका कटाएर भारततर्फ लैजान खोज्दै गर्दा विराटनगर महानगरपालिका–१६ का ३४ वर्षीय काजी तामाङ र ५० वर्षीय प्रेमबहादुर मगरलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूलाई विराटनगर–१६ दक्षिण गेटबाट नियन्त्रणमा लिएको हो । दुवै जनाविरुद्ध मानव बेचबिखन मुद्दा चलाउन अदालतबाट आइतबार म्याद थप गरेर बाँकी अनुसन्धान अघि बढाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए ।

राम्रो कमाइको प्रलोभन दिएर काममा लगाइदिने बहानामा महिलालाई झुक्याएर भारततिर लैजान लागेको पाइएपछि तामाङ र मगरलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ का २३ र ३१ वर्षीया दुई महिलालाई पनि प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट उद्धार गरेको छ ।

तामाङ थरका दुवै जना महिलाले भारतमा लगेर धेरै पैसा कमाइ हुने राम्रो काममा लगाइदिने भन्दै आफूहरूलाई काठमाडौँदेखि बस चढाएर विराटनगर ल्याइएको बताएका छन् ।महिला काठमाडौँबाट बस चढेर फागुन २० गते दिउँसो ३ बजेतिर विराटनगर बसपार्क आइपुगेका थिए । उनीहरूलाई बसपार्क पुगेर काजीले सिटी सफारी चढाएर लग्दै होटलमा रातभर राखि भोलिपल्ट अर्थात २१ गते भारत पुर्‍याउन खोजेको पाइएको उनको भनाइ छ ।

महिलाले भने काठमाडौँबाट बसमा चढाइदिने र विराटनगर बसपार्कमा लिन आउने कसैलाई पनि आफूहरूले नचिनेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

बैशाख ६ गते देखि सुन्दरहरैचा मेयर कप फुटबल प्रतियोगिता हुने

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालीकामा प्रथम सुन्दरहरैचा मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । सुन्दरहरैचा नगरपालिकाद्धारा आयोजित मेयरकपमा मोर ...

योगेश भट्टराई पक्षधर ताप्लेजुङका स्थानीय नेता तान्दै ओली

नेकपा एमालेको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले अर्को पक्षमा लागेका नेताहरुमाथि दबाब सिर्जना गर्न थालेका छन्। माध ...

टिपरको ठक्करबाट सुन्दरहरैँचाकी मैयाको मृत्यु

सुन्दरहरैचा ७ का ६५ बर्षीया मैया श्रेष्ठको टिपरको ठक्करबाट मृत्यु भएको छ । बिहान सवा ५ बजे सुन्दरहरैचा ७ स्थित राजमार्गमा प्रदेश १– ०२–००१ ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved