धरानको श्री ज्वालामुखी विद्यालयमा अज्ञात समूहद्वारा आगजनी

  • प्रकाशित मितिः फाल्गुन २४, २०७७
  • उज्यालो प्रदेश
alt सांकेतिक तस्बिर

धरान । धरान १७ पटनालीको श्री ज्वालामुखी माध्यमिक विद्यालयमा अज्ञात समूहले आगजनी गरेको छ ।

गए राति दुई बजे आगलागी भएको विद्यालयका प्रधानाध्यापक भरत खत्रीले जानकारी दिए । आगलागीका कारण अहिलेसम्म केही खुल्न सकेको छैन ।इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले आगलागीको कारणबारे अनुसन्धान भइरहेको बताएका छन् ।

बस्नेतका अनुसार चेन गेट, अफिस पनि बन्द रहेको अवस्थामा आगलागी हुनु शङ्कास्पद रहेको बताए । स्कुलमा रहेको भरयाङ प्रयोग गरेको र घटना स्थलमा आगलागी गराउन प्रयोग गरिएको मट्टितेल बोतल र बोतलको बिर्को पनि भेटिएकाले कसैले आगलागी गराएको हुन सक्ने प्रहरीले बताएको छ ।

प्रधानाध्यापक बस्ने अफिसका झ्यालका सिसा पड्किएको आवाज आएपछि स्थानीयवासीले स्कुलमा आगलागी भएको थाहा पाएको प्रअ खत्रीले बताए । प्रधानाध्यापकको घर विद्यालय देखी नजिकै रहेको छ ।२०५४ सालदेखि हालसम्म रहेका सबै अभिलेख, माइन्युट बुक, चेक, फर्निचर लगायत सबै जलेर खरानी भएको छन् ।

यस्तै, अफिस कोठामा रहेको दुई थान ल्यापटप, तीन थान प्रिन्टर, सहायक भक्तविलाश पोखरेलले दराजमा राखेको ८२ हजार रुपैयाँ, प्रधानाध्यापक खत्रीले दराजमा राखेको २२ हजार रुपैयाँ जलेर नष्ट भएको उनले जानकारी दिए ।

धरान उपमहानगरपालिकाको दमकल प्रहरी र स्थानीयहरूले पुगेर आगो नियन्त्रणमा लिएका थिए । आगलागीबाट १६ लाख ५९ हजार अनुमानित क्षति भएको देखिए पनि पुर्ण विवरण आईनसकेको प्रअ खत्रीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

बैशाख ६ गते देखि सुन्दरहरैचा मेयर कप फुटबल प्रतियोगिता हुने

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालीकामा प्रथम सुन्दरहरैचा मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । सुन्दरहरैचा नगरपालिकाद्धारा आयोजित मेयरकपमा मोर ...

योगेश भट्टराई पक्षधर ताप्लेजुङका स्थानीय नेता तान्दै ओली

नेकपा एमालेको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले अर्को पक्षमा लागेका नेताहरुमाथि दबाब सिर्जना गर्न थालेका छन्। माध ...

टिपरको ठक्करबाट सुन्दरहरैँचाकी मैयाको मृत्यु

सुन्दरहरैचा ७ का ६५ बर्षीया मैया श्रेष्ठको टिपरको ठक्करबाट मृत्यु भएको छ । बिहान सवा ५ बजे सुन्दरहरैचा ७ स्थित राजमार्गमा प्रदेश १– ०२–००१ ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved