नेकपा बदरको फैसलाविरुद्ध प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी वैठक बस्दै,

  • प्रकाशित मितिः फाल्गुन २४, २०७७
  • उज्यालो प्रदेश
alt

काठमाडौं, । सर्वोच्च अदालतले नेकपा नामको विवादमा गरेको फैसलाको विषयमा आवश्यक छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले स्थायी कमिटी बैठक बोलाएको छ । बैठक दिउँसो ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिएका छन् ।

सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिएको अवस्थामा अबको अन्योल र रणनीतिबारे छलफल हुने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् । सर्वोच्चको फैसलापछि प्रचण्ड–नेपाल समूहले हिजो कानुन व्यवसायीसँग छलफल गरेको थियो ।

छलफलमा अदालतको फैसला अनपेक्षित र राजनीतिक प्रकृतिको भएको सुझाव आएको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बताएका छन् । आजको स्थायी कमिटीको बैठकपछि पार्टीको आधिकारिक धारणा तय गरी सार्वजनिक गर्ने प्रचण्ड–नेपाल समूहको तयारी छ ।

सर्वोच्चको हिजोको फैसला ‘राजनीति फैसला’ भएको टिप्पणी प्रचण्ड–नेपाल पक्षले गरेको छ । प्रवक्ता श्रेष्ठले आइतबार सामाजिक सञ्जालमा कानुनको विरुद्धमा राजनीतिक फैसला भएको र त्यसमा सहमत हुन नसक्ने बताएका छन् । ‘तर यो फैसलाले सरोकारै नभएको क्षेत्रमा प्रवेश गरी निर्णय दिने कार्य गरेको छ । तसर्थ यो फैसला अस्वभाविक छ ,संविधान एवं कानूनको बिरुद्ध छ , राजनीतिक आग्रह प्रेरित छ, बितण्डतापूर्ण छ र गलत छ ।

यो फैसलाप्रति हाम्रो गम्भीर असहमति छ’, उनले लेखेका छन्, ‘नेपालको राष्ट्रिय सार्वभौमिकता, नेपाली जनतामा नीहित सार्वभौमसत्ता, नेपाली जनताको आत्मनिर्णयको अधिकार, संविधान, लोकतन्त्र, राजनीतिक स्थिरता, कानूनको शासन र ब्यवस्थाको बिरुद्ध बिभिन्न शक्तिहरुको षड्यन्त्र जारी छ भन्नेतर्फ पनि हाम्रो गम्भीर ध्यान जानु आवश्यक देखिएको छ ।’ सर्वोच्चको हिजो (आइतबार) को फैसलाविरुद्ध पुनरावलोकनमा जाने सम्भावना रहेको प्रचण्ड–नेपाल पक्षका नेताहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

बैशाख ६ गते देखि सुन्दरहरैचा मेयर कप फुटबल प्रतियोगिता हुने

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालीकामा प्रथम सुन्दरहरैचा मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । सुन्दरहरैचा नगरपालिकाद्धारा आयोजित मेयरकपमा मोर ...

योगेश भट्टराई पक्षधर ताप्लेजुङका स्थानीय नेता तान्दै ओली

नेकपा एमालेको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले अर्को पक्षमा लागेका नेताहरुमाथि दबाब सिर्जना गर्न थालेका छन्। माध ...

टिपरको ठक्करबाट सुन्दरहरैँचाकी मैयाको मृत्यु

सुन्दरहरैचा ७ का ६५ बर्षीया मैया श्रेष्ठको टिपरको ठक्करबाट मृत्यु भएको छ । बिहान सवा ५ बजे सुन्दरहरैचा ७ स्थित राजमार्गमा प्रदेश १– ०२–००१ ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved