राजनीतिक प्रकृतिको फैसला भएको प्रचण्ड–नेपाल पक्षको टिप्पणी

  • प्रकाशित मितिः फाल्गुन २३, २०७७
  • उज्यालो प्रदेश
alt

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले नेकपाको आधिकारिकता सम्बन्धी सर्वोच्चले गरेको फैसला अनपेक्षित र राजनीतिक प्रकृतिको भएको निष्कर्ष निकालेको छ ।

आइतबार साँझ नेकपाको संसदीय दलको कार्यालय सिंहदरबारमा नेकपाका अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल लगायतका नेताहरुले सर्वोच्चको फैसलाको सम्बन्धमा कानुन व्यवसायीहरूसँगको छलफलबाट उक्त निकर्ष निकालेको हुन् ।

छलफलका क्रममा सर्वोच्चको फैसला अनपेक्षित र राजनीतिक प्रकृतिको भएको सुझाव आएको नेकपाका अध्यक्ष प्रचण्डले जानकारी दिए । कानुन व्यवसायीको धारणा सुनेर भोलि स्थायी कमिटीको बैठक राखि पार्टीको आधिकारीक धारणा सार्वजनिक गर्ने उनले बताए ।

उनले भने, ‘आजको सर्वोच्चको फैसलाबारे कानुन व्यवसायी र विज्ञ साथीहरुसँग छलफल ग¥यौँ । यो आजको फैसला अनपेक्षित जस्तो र बढी राजनीतिक प्रकृतिको फैसला लागेको छ भन्ने सुझावहरु आएको छ । थुप्रै कोणहरूबाट कानुन व्यवसायीहरुले राख्नुभएको छ आफ्नो धारणा ।

त्यसको आधारमा भोलि पार्टीको स्थायी समितिको बैठक बसेर आवश्यक निर्णय गर्छौ । यो अपेक्षित थिएन यस्तो फैसला, अनपेक्षित नै हो यो । बढी राजनीतिक प्रकृतिको छ । तर समग्र फैसलाको अध्ययन गरेर, सबै साथीहरु सल्लाह गरेर मात्रै विस्तार पूर्वक आफ्नो धारणा भोलि सार्वजनिक गर्छौ ।’

आइतबार सर्वोच्च अदालतले नेकपाको आधिकारिकताबारे सर्वोच्च अदालतमा परेको मुद्दाबारे फैसला गर्दै ऋषि कट्टेलको नेकपालाई आधिकारिकता दिएको हो ।

प्रतिक्रिया दिनुहोस

बैशाख ६ गते देखि सुन्दरहरैचा मेयर कप फुटबल प्रतियोगिता हुने

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालीकामा प्रथम सुन्दरहरैचा मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । सुन्दरहरैचा नगरपालिकाद्धारा आयोजित मेयरकपमा मोर ...

योगेश भट्टराई पक्षधर ताप्लेजुङका स्थानीय नेता तान्दै ओली

नेकपा एमालेको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले अर्को पक्षमा लागेका नेताहरुमाथि दबाब सिर्जना गर्न थालेका छन्। माध ...

टिपरको ठक्करबाट सुन्दरहरैँचाकी मैयाको मृत्यु

सुन्दरहरैचा ७ का ६५ बर्षीया मैया श्रेष्ठको टिपरको ठक्करबाट मृत्यु भएको छ । बिहान सवा ५ बजे सुन्दरहरैचा ७ स्थित राजमार्गमा प्रदेश १– ०२–००१ ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved