केराबारी गाउँपालिकाले आइतबारदेखि सुरु गर्यो दोश्रो चरणको कोरोनाविरुद्धको खोप

  • प्रकाशित मितिः फाल्गुन २३, २०७७
  • उज्यालो प्रदेश
alt

केराबारी गाउँपालिकाले आइतबारदेखि ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप दिन सुरु गरेको छ ।

सरकारले देशैभरबाट दोश्रो चरणको कोरोना विरुद्ध खोप दिन सुरु गरेसंगै गाउँपालिकाले पनि स्वास्थ्य संस्था मार्फत कोभिड १९ भाइरसविरुद्धको खोप दिन सुरु गरेको हो ।

यसअघि पहिलो चरणमा केराबारी गाउँपालिकाले स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, कर्मचारी, प्रहरी बैंक तथा वितिय संस्थाका कर्मचारी गरी १३३ जनालाई खोप दिएको थियो ।

कोरोना विरुद्ध संञ्चालनमा आएको नागरिक खोप अभियानको दोश्रो चरणमा केराबारी गाउँपालिका ४हजार ३ सय २७ जनालाई लाई खोप प्रदान गरिने लक्ष्य रहेको स्वास्थ्य शाखा प्रमुख टोम प्रसाद चम्लागाईले बताए ।

गाउँपालिकाको स्वास्थ्य शाखाले खोप संञ्चालन प्रभावकारी बनाउन र सवै नागरिकलाई खोप लगाउनुपर्छ भन्ने सन्देश प्रवाह गर्न आइतबार खोप सम्बन्धि अभिमूखिकरण गोष्ठि आयोजना गरेको छ । समाजका विभिन्न क्षेत्रमा क्रियाशिल व्यक्तित्वहरुलाई सहभागि गराई स्वास्थ्य शाखाले सकारात्मक सन्देश प्रवाहका लागि अभिमूखिकरण गोष्ठि तथा कार्यक्रम संञ्चालन गरेको हो ।

केराबारी गाउँपालिका प्रमुख रोहित कार्की उपाध्यक्ष शान्ति कुमारी लिम्बू भूजेल सहित कार्यकारी प्रमुख होम प्रसाद पौडयाल लगायतको उपस्थिती रहेको थियो । पहिलो चरणमा लक्ष्य अनुसार खोप संञ्चालन नभएपनि दोश्रो चरणमा लक्षित उमेर समुहका बढी भन्दा बढीलाई कोभिड विरुद्धको खोप लगाउने तयारी स्वास्थ्य संस्थाले गरेको छ । खोप संञ्चालनका लागि ६० स्वयंसेवक र २० ओटा खोप केन्द्र निर्धारण गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस

बैशाख ६ गते देखि सुन्दरहरैचा मेयर कप फुटबल प्रतियोगिता हुने

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालीकामा प्रथम सुन्दरहरैचा मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । सुन्दरहरैचा नगरपालिकाद्धारा आयोजित मेयरकपमा मोर ...

योगेश भट्टराई पक्षधर ताप्लेजुङका स्थानीय नेता तान्दै ओली

नेकपा एमालेको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले अर्को पक्षमा लागेका नेताहरुमाथि दबाब सिर्जना गर्न थालेका छन्। माध ...

टिपरको ठक्करबाट सुन्दरहरैँचाकी मैयाको मृत्यु

सुन्दरहरैचा ७ का ६५ बर्षीया मैया श्रेष्ठको टिपरको ठक्करबाट मृत्यु भएको छ । बिहान सवा ५ बजे सुन्दरहरैचा ७ स्थित राजमार्गमा प्रदेश १– ०२–००१ ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved