पूरुषबादी सोच र चिन्तन नहटि महिलाको विकास असम्भव

  • प्रकाशित मितिः फाल्गुन २३, २०७७
  • उज्यालो प्रदेश
alt

केराबारी मोरंग । केराबारी गाउँपालिकाकी उपाध्यक्ष शान्ति कुमारी लिम्बू भूजेलले पूरुषबादी सोच र चिन्तन अझै हट्न नसकेको बताएकी छिन् ।

१११ औं अन्तराष्टिय महिला दिवसको अवसरमा आयोजित दुइदिने महिला मंञ्च कार्यक्रममा बोल्नुहुदै उपाध्यक्ष भूजेलले महिलाहरुप्रतिको दृष्टिकोणमा परिवर्तन हुन नसकेको कारण महिला पछि पर्नुपरेको बताइन् । सामाजिक क्षेत्रमा महिला सहभागिताको कुरा होस हकअधिकार प्राप्तिका लागि नेतृत्व लिने सवालमा पुरुषवादी सोच हावी हुने गरेकाले महिलाहरुले हरेक क्षेत्रमा अवसर पाउनबाट बञ्चित रहनुपरेको  भूजेलको तर्क थियो ।

स्थानीय निकायका हरेक जसो कार्याक्रम योजनाहरुमा औपचारिकताका लागि मात्र महिलाहरुलाई राख्ने गरेको र महिलाहरुले पनि खासै समय दिन नसकेका कारण सधै पछौटे जीवन जिउनुपरेको भन्दै महिलाको क्षमता विकास नगरी समाजको विकास सम्भव नरहेको उहाँले बताउँनुभयो ।

IMG_2101

कार्यक्रममको प्रमुख अतिथी समेत रहनुभएका भूजेलले भन्नुभयो,महिलाहरुको लागि बजेट छुट्याउँनुपर्दा धेरै संघर्ष गर्नुपर्छ तर पूरुषले संञ्चालन गर्ने योजनाहरुमा सहजै र ठूलो रकम छुटिने गरेको तितो यथार्थता आफूले भोग्नुपरेको छ ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत होमप्रसाद पौड्यालले महिलाहरुले नीति र सिद्धान्त अनुसार काम गर्न नसकेको बताउँदै गोष्ठि र सेमिनारमा मात्र खर्च गर्ने गरेको औल्याउँनुभयो । वर्षभरी कतिजना महिलाहरुलाई उद्धार गर्ने कतिजना क्षमता विकास गराउँने भन्ने कुनै योजना लक्ष्य नरहेकोले चिया र नास्ता खाएर खर्च गर्दैमा महिलाको अधिकार सुनिश्चित नहँुने पौड्यालले बताए ।

आइतबार र सोमबार दुइदिन सम्म चल्ने सो प्रशिक्षणात्मक कार्यक्रममा विभिन्न वडाका ७० जना अगुवा महिला दिदीवहिनीहरुले सहभागिता जनाएका छन् ।कार्यक्रममा दिपक सेञ्चुरी, सरस्वती दनुवार, लक्ष्मी निरौला, भिमा खतिवडा, सुशिला सूवेदी पाठक लगायतले लैङिगिक हिंसा, घरेलु हिंसा, महिला सहभागिता जस्ता विषयमा प्रशिक्षण गराइने आयोजकले जनाएको छ ।
केराबारी गाउँपालिका र ओरेक नेपालको आयोजना तथा केराबारी महिला फेडेरेसनको समन्वयमा सुरु भएको सो कार्यक्रम महिला फेडेरेसनकी गंगा लिम्बुले स्वागत गरेकी थिइन् । कार्यक्रम वडा नं.३ का वडाध्यक्ष भक्तवहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।

IMG_2103

प्रतिक्रिया दिनुहोस

बैशाख ६ गते देखि सुन्दरहरैचा मेयर कप फुटबल प्रतियोगिता हुने

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालीकामा प्रथम सुन्दरहरैचा मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । सुन्दरहरैचा नगरपालिकाद्धारा आयोजित मेयरकपमा मोर ...

योगेश भट्टराई पक्षधर ताप्लेजुङका स्थानीय नेता तान्दै ओली

नेकपा एमालेको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले अर्को पक्षमा लागेका नेताहरुमाथि दबाब सिर्जना गर्न थालेका छन्। माध ...

टिपरको ठक्करबाट सुन्दरहरैँचाकी मैयाको मृत्यु

सुन्दरहरैचा ७ का ६५ बर्षीया मैया श्रेष्ठको टिपरको ठक्करबाट मृत्यु भएको छ । बिहान सवा ५ बजे सुन्दरहरैचा ७ स्थित राजमार्गमा प्रदेश १– ०२–००१ ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved