गोठगाँउमा सडक दुर्घट्ना हुँदा दुई युवाको घटनास्थलमै मृत्यु

  • प्रकाशित मितिः फाल्गुन २३, २०७७
  • उज्यालो प्रदेश
alt

मोरङ । मोरङको गोठगाँउमा भएको सडक दुर्घटनामा बेलबारी ११ लक्ष्मीमार्गका दुई युवाको घटनास्थलमै मृत्यु भएको छ ।

आइतबार बिहान करिब १ बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा.४ ख ६९६ नम्बरको माईक्रो र पूर्वबाट पश्चिमतिर जाँदै गरेको प्र.२.०२००१प ३८७८ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । मोटरसाइकलमा सवार बेलबारी ११ लक्ष्मीमार्गका अर्जुन न्यौपाने र मनोज कटुवालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शव पोष्टमार्टमको लागि कोशी अञ्चल अस्पताल विराटनगरमा राखिएको र घाइते दुई जनाको विराट नर्सिङ होममा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

बैशाख ६ गते देखि सुन्दरहरैचा मेयर कप फुटबल प्रतियोगिता हुने

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालीकामा प्रथम सुन्दरहरैचा मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । सुन्दरहरैचा नगरपालिकाद्धारा आयोजित मेयरकपमा मोर ...

योगेश भट्टराई पक्षधर ताप्लेजुङका स्थानीय नेता तान्दै ओली

नेकपा एमालेको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले अर्को पक्षमा लागेका नेताहरुमाथि दबाब सिर्जना गर्न थालेका छन्। माध ...

टिपरको ठक्करबाट सुन्दरहरैँचाकी मैयाको मृत्यु

सुन्दरहरैचा ७ का ६५ बर्षीया मैया श्रेष्ठको टिपरको ठक्करबाट मृत्यु भएको छ । बिहान सवा ५ बजे सुन्दरहरैचा ७ स्थित राजमार्गमा प्रदेश १– ०२–००१ ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved