नेपालका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप दिइने अभियानको सुरुआत आज ९आइतबार० प्रधानमन्त्री केपी शर्मा ओलीबाट गरिँदै छ ।
खोपको दोस्रो चरणअन्तर्गत मुलुकमा आजबाट ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप दिइँदैछ । प्रधानमन्त्री पनि सोही उमेर समूहमा पर्छन् । उनलाई खोप दिएपछि कार्यक्रमको सुरुआत हुने छ ।
प्रधानमन्त्री ओलीले त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा बिहान १० बजे कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रम छ । प्रधानमन्त्रीले खोप लगाएपछि नेपालमा दोस्रो चरणको खोप अभियानको सुरुआत हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो अभियान छ हजारभन्दा बढी खोप केन्द्रबाट सञ्चालन हुनेछ ।
यस चरणमा जेष्ठ नागरिकबाहेक सवारी चालक, सहचालक तथा शिक्षकहरूलाई पनि कोरोनाविरुद्धको खोप दिइनेछ । साथै १५ वटा हिमाली जिल्लाका ५५ वर्ष माथिकालाई पनि खोप दिइनेछ ।
यो अभियानमा ६५ वर्षमाथिका १६ लाख नागरिकलाई खोप लगाउने सरकारको उद्देश्य रहेको छ । त्यस्तैगरी आइतबार नै संवैधानिक निकायका पदाधिकारीहरुले कोरोना विरुद्धको खोप लगाउने कार्यक्रम रहेको मन्त्रलयले जनाएको छ ।
त्यस्तै आइतबार नै भारतबात तीन लाख ४८ हजार डोज कोरोना खोप नेपाल आउने स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले बताए । नेपालमा कोभ्याक्स फ्यासिलिटीअन्तर्गत प्राप्त गरेको कोरोना भाइरसविरुद्धको खोप आइतबार ल्याइन लागिएको हो । मन्त्रालयका सचिव लक्ष्मण अर्यालका अनुसार सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको तीन लाख ४८ हजार डोज कोभिसिल्ड खोप बोकेको विमान आइतबार नेपाल आइपुग्नेछ ।
प्रतिक्रिया दिनुहोस
सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालीकामा प्रथम सुन्दरहरैचा मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । सुन्दरहरैचा नगरपालिकाद्धारा आयोजित मेयरकपमा मोर ...
नेकपा एमालेको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले अर्को पक्षमा लागेका नेताहरुमाथि दबाब सिर्जना गर्न थालेका छन्। माध ...
सुन्दरहरैचा ७ का ६५ बर्षीया मैया श्रेष्ठको टिपरको ठक्करबाट मृत्यु भएको छ । बिहान सवा ५ बजे सुन्दरहरैचा ७ स्थित राजमार्गमा प्रदेश १– ०२–००१ ...
Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved