फरार दुई जना शुक्रबार साँझ भैरहवाबाट पक्राउ

  • प्रकाशित मितिः फाल्गुन २३, २०७७
  • उज्यालो प्रदेश
alt

उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रवीण बाँस्तोलाको मृत्यु प्रकरणमा फरार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार पक्राउ पर्नेमा उर्लाबारी–६ का ३२ वर्षीय राजेश रणपहेली र झापाको गौरादह नगरपलिक–९ का ३१ वर्षीय दीपेश पौडेल छन् ।शुक्रबार साँझ भैरहवाबाट दुबैलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । पक्राउ परेका दुबैलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइँदै गरेको जनाइएको छ ।

यसअघि बाँस्तोला प्रकरणमा ६ जनाविरूद्ध मुद्दा दायर गरिएको थियो। त्यसमध्ये होटल सञ्चालक उर्लाबारी नगरपालिका ९ का ३४ वर्षीय कुमार राई, प्रवीणका साथी मोरङ रतुवामाई नगरपालिका–१० पवित्रा चोकका २९ वर्षीय रिकेश सिवा भन्ने मेहरमान दर्जी, सुदीप परियार र रमेश गिरीलाई पक्राउ गरेर अनुसन्धान जारी रहेको छ।

यसैबीच, जिल्ला प्रहरी कार्यालयले शुक्रबार इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक परिवर्तन गरेको छ। तत्कालीन प्रहरी निरीक्षक उद्धव पोखरेल जिल्ला प्रहरी कार्यालय तानिएका छन् भने उनको ठाउँमा जिल्लाबाट कुन्दन देव पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस

बैशाख ६ गते देखि सुन्दरहरैचा मेयर कप फुटबल प्रतियोगिता हुने

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालीकामा प्रथम सुन्दरहरैचा मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । सुन्दरहरैचा नगरपालिकाद्धारा आयोजित मेयरकपमा मोर ...

योगेश भट्टराई पक्षधर ताप्लेजुङका स्थानीय नेता तान्दै ओली

नेकपा एमालेको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले अर्को पक्षमा लागेका नेताहरुमाथि दबाब सिर्जना गर्न थालेका छन्। माध ...

टिपरको ठक्करबाट सुन्दरहरैँचाकी मैयाको मृत्यु

सुन्दरहरैचा ७ का ६५ बर्षीया मैया श्रेष्ठको टिपरको ठक्करबाट मृत्यु भएको छ । बिहान सवा ५ बजे सुन्दरहरैचा ७ स्थित राजमार्गमा प्रदेश १– ०२–००१ ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved