सून्दरहरैंचा उवासंघको नवौं साधरण सभा सम्पन्न,अध्यक्षमा कृष्ण रिजाल निर्वाचित

  • प्रकाशित मितिः फाल्गुन २३, २०७७
  • उज्यालो प्रदेश
alt

सून्दरहरैंचा उद्योग वाणिज्य संघको नबौं बार्षिक साधरण सभा सम्पन्न भएको छ ।
प्रदेश सभा सदस्य राजकुमार ओझाको प्रमुख आतिथ्यता सहित विभिन्न उद्योगी व्यवसायीहरुको उपस्थिती र आतिथ्यतामा सम्पन्न भएको सो सभामा प्रमुख अतिथी ओझाले नगरको विकास र समृद्धिमा व्यापारीहरुले पुर्याएको योगदानको उच्चस्मरण गर्दै सामुहिक सहकार्य र समन्वयको अझै आवश्यक्ता रहेको बताएका थिए ।

त्यसैगरी कार्यक्रममा प्रदेश सभाका सांसद, लोकप्रसाद संग्रौलाले उद्योगी व्यवसायीहरुले वर्षमा कम्तिमा थोरै भएपनि आफनो संस्थाको कार्याक्रममा समय दिनुपर्ने वताउदै न्युन उपस्थितीले व्यवसायी हकहित र संरक्षणमा असर परेको औल्याएका थिए ।

कार्यक्रममा नगर उपप्रमुख धनमाया तामांग,मोरंग व्यापार संघका अध्यक्ष प्रकास मुन्दडा,उद्योग बाणिज्य संघ उर्लाबारीका अध्यक्ष प्रीतम खड्गी,नेकपाका जिल्ला सदस्य सुरेन्द्रवहादुर थापा, नेपाली कांग्रेस महासमिति सदस्य ललित श्रेष्ठ, उद्योगपति भोलेश्वर दुलाल लगायतले सुन्दर हरैचा उद्योग बाणिज्य संघ प्रगतिको खुलेर प्रशंसा गर्दै संघको अगुवाईमा भएका कामहरुले आर्जन भएको प्रतिष्ठालाई सदैव वचाई राख्न व्यापारी एकता एकजुट हुुनुको विकल्प नरहेको बताएका थिए ।

कार्यक्रममा अध्यक्ष नवराज चाँपागाईले संञ्चालक समितिको प्रतिवेदन तथा लेखा समितिका संयोजक अर्जुन गजुरेलले लेखा प्रतिवेदन र कोषाध्यक्ष हरि कार्कीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

यसैविच संघको शनिबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा कृष्णप्रसाद रिजाल नेतृत्वमा रहेको अधिकांस सदस्य विजयी भएका छन् । निर्वाचन बाट प्रथम उपाध्यक्षमा दुर्गाकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा डोलेश्वर तिम्सिना ,महासचिवमा नारायण कार्की, वाणिज्य सचिवः उज्वल थापा , उद्योग सचिवः हरि कार्की ,कोषाध्यक्षः शारदाप्रसाद ढकाल विजयी भएका छन् ।

krishna rijal

त्यसतै लेखा समिति संयोजकमा कृष्णप्रसाद ओझाको संयोजकत्वमा सदस्यहरु गोपाल फुयाल , डम्बर कार्की , महिला सदस्य, रीता सापकोटा, रञ्जु गुरागाई आचार्य निर्वाचित भएका छन् ।सदस्यहरुमा शंकर बजगाईं ,दीपककुमार भण्डारी ,टेकबहादुर सार्की (कुमार) ,महेन्द्रकुुमार आचार्य ,राजकुमार बस्नेत (विप्लव) मनोज गुरागाई निर्वाचित भएको छ ।

प्रतिक्रिया दिनुहोस

बैशाख ६ गते देखि सुन्दरहरैचा मेयर कप फुटबल प्रतियोगिता हुने

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालीकामा प्रथम सुन्दरहरैचा मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । सुन्दरहरैचा नगरपालिकाद्धारा आयोजित मेयरकपमा मोर ...

योगेश भट्टराई पक्षधर ताप्लेजुङका स्थानीय नेता तान्दै ओली

नेकपा एमालेको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले अर्को पक्षमा लागेका नेताहरुमाथि दबाब सिर्जना गर्न थालेका छन्। माध ...

टिपरको ठक्करबाट सुन्दरहरैँचाकी मैयाको मृत्यु

सुन्दरहरैचा ७ का ६५ बर्षीया मैया श्रेष्ठको टिपरको ठक्करबाट मृत्यु भएको छ । बिहान सवा ५ बजे सुन्दरहरैचा ७ स्थित राजमार्गमा प्रदेश १– ०२–००१ ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved