विराटनगर । मोरङको कटहरी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी ज्येष्ठ नागरिकका लागि छुट्याइएको बजेट दुरुपयोग गर्दै आइतबार भ्रमणमा निस्किएका छन्। गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले भ्रमण टोलीको नेतृत्व गरेका छन्।
गाउँपालिकाले प्रकाशन गरेको योजना पुस्तिकाको पृष्ठ नम्बर १५४ मा सामाजिक विकास कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिक अवलोकन भ्रमण शीर्षकमा ६ लाख रुपैयाँ विनियोजन गरिएको छ। सोही शीर्षकको बजेटबाट कर्मचारी र जनप्रतिनिधि प्रदेश २ र बागमती प्रदेशका स्थानीय तहको पाँचदिने घुमफिरमा निस्किएका हुन्। उक्त टोलीमा गाउँपालिका अध्यक्ष रामकुमार कामत, प्रमुख प्रशासकीय अधिकृत रामसुन्दर थापा, वडाध्यक्षहरू कपुरलाल माझी, जग्गुलाल कामतसहित लेखा शाखाका कर्मचारी, प्राविधिक सहभागी छन्।
यो भ्रमण नगर्न सचेत गराउदा पनि मानेनन्।गाउँपालिका उपाध्यक्ष मन्जिताकुमारी सरदारले भनिन् ।
उपाध्यक्ष सरदारका अनुसार जनप्रतिनिधि र कर्मचारी अन्य प्रदेशका स्थानीय तहको अध्ययन भ्रमण भन्दै गएका हुन्। ‘अन्य प्रदेशका स्थानीय तहसँग अनुभवबारे अन्तरक्रिया गर्ने उद्देश्यले भएको भ्रमण नराम्रो होइन तर खर्च गर्ने प्रक्रिया गतल नै हो’, सरदारले भनिन्।
गाउँपालिका अध्यक्ष कामतले गाउँपरिषद्का बेला जनप्रतिनिधि र कर्मचारी भ्रमणकै लागि भनेर छलफल गरी बजेट विनियोजन गरिएको प्रतिक्रिया दिए। बजेट पुस्तिकामा भने ज्येष्ठ नागरिक अध्ययन भ्रमण भन्ने पर्न गएको कामतको भनाइ छ।
‘हामीले बजेट बनाउँदा परिषद्मा अन्य गाउँपालिकासँग अनुभव साट्ने उद्देश्यले नै यो शीर्षकमा छलफल गरेका थियौं’, उनले भने, ‘तर, बजेट पुस्तिकामा फरक शीर्षकमा छापिएछ, दुरुपयोग होइन।’
अध्यक्षले भ्रमणको बचाउ गरे पनि गाउँपालिकाले जेष्ठ नागरिकका लागि यसबाहेक अरू कुनै कार्यक्रम बनाएको पाइएको छैन। उपाध्यक्ष सरदारले जाडोको बेलामा न्यानो कपडा उपलब्ध गराउनेबाहेक गाउँपालिकामा ज्येष्ठ नागरिक लक्षित विशेष कार्यक्रम नरहेको बताइन्।
समुदाय लक्षित कार्यक्रममा विनियोजन गरिएको बजेटलाई अन्यथा खर्च गर्नु दुरुपयोग भएको स्थानीय ज्येष्ठ नागरिकको गुनासो छ। ‘जुन समुदायलाई लक्ष्य गरेर बजेट बनेको हो त्यसमा खर्च नगरी अन्यत्र खर्च गर्ने कार्यको निन्दनीय छ’, स्थानीय ८५ वर्षीय यदुनाथ घिमिरेले भने, ‘यसले हामीलाई अन्याय भयो।’
जनप्रतिनिधि र कर्मचारीले गरेको बजेट दुरुपयोगको स्थानीय नेताले पनि आपत्ति जनाएका छन्। नेकपा प्रदेश कमिटी सदस्य मृत्युञ्जयकुमार झाले ज्येष्ठ नागरिकको नाममा छुट्टिएको बजेट दुरुपयोग भएको घटनामा आफ्ने ध्यानाकर्षण भएको बताए यो समाचार अन्नुपर्ण दैनिकले छापेको छ ।
प्रतिक्रिया दिनुहोस
सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालीकामा प्रथम सुन्दरहरैचा मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । सुन्दरहरैचा नगरपालिकाद्धारा आयोजित मेयरकपमा मोर ...
नेकपा एमालेको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले अर्को पक्षमा लागेका नेताहरुमाथि दबाब सिर्जना गर्न थालेका छन्। माध ...
सुन्दरहरैचा ७ का ६५ बर्षीया मैया श्रेष्ठको टिपरको ठक्करबाट मृत्यु भएको छ । बिहान सवा ५ बजे सुन्दरहरैचा ७ स्थित राजमार्गमा प्रदेश १– ०२–००१ ...
Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved