१५ सय बढी वृद्धावृद्धालाई भोजन गराउदै देशैभरी नेशनल लाइफले मनायो ३४औं बार्षिकोत्सव जीवन बीमा कोष ३५ अर्ब , दुई अर्ब भन्दा बढि लाभांस प्रदान,चुक्ता पुँजी तीन अर्ब ३९ करोड

  • प्रकाशित मितिः फाल्गुन ११, २०७७
  • उज्यालो प्रदेश
alt

निजी क्षेत्रको पहिलो जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले १५ ओटा वृद्धाश्रमका एक हजार बढीलाई भोजन गराउनुका साथै विभिन्न कार्यक्रम गरी ३४ औं वार्षिकोत्सव मनाएको छ ।

कम्पनीले सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाउने गरेपनि कोभिडका कारण यो वर्ष वृद्धाश्रमका मानिसहरुलाई भोजन गराउने राहत उपलब्ध गराउने तथा नगद सहयोग गरेर वार्षिकोत्सव मनाएको हो ।प्रदेश नं. १ को धरान,इटहरी,दमक, विराटनगर,उर्लाबारी सहित हेटौडा,पोखरा लगायतका विभिन्न १५ ओटा शाखाबाट कार्यक्रम गरिएको हो ।

bhojan

देशभित्र बीमाको बढ्दो आवश्यकतालाई परिपूर्ति गर्ने उद्देश्यले नेशनल लाइफ एण्ड जनरल इन्स्योरेन्स कम्पनीले २०४४ साल फागुन १० गतेदेखि जीवन तथा निर्जीवन दुबै प्रकृतिको व्यवसाय सुरु गरेको थियो।

बीमा समितिले २०६३ सालदेखि जीवन र निर्जीवन बीमा व्यवसायका लागि छुट्टा छुट्टै बीमा कम्पनी हुनु पर्ने व्यवस्था गरे पछि नेशनल लाइफले आफुलाई पुर्ण जीवन बीमा व्यवसायमा स्थापित गर्न सफल भयो।
आफुले गर्दै आएको निर्जीवन बीमा व्यवसायको निरन्तरका लागि भने सहायक कम्पनीको रुपमा एनएलजी इन्स्योरेन्स कम्पनीको स्थापना गर्यो।आफ्ना शेयरधनीलाई साढे दुई अर्ब भन्दा बढि लाभांस प्रदान गरिसकेको छ।

नेपालको बीमा क्षेत्रमा लामो अनुभव बटुलिसकेको नेशनल लाइफले बजारमा धेरै जनशक्तीको उत्पादन गरिसकेको छ। साथै आफुलाई सातै प्रदेशका ७५ वटै जिल्लामा उपस्थित गराउन सफल भएको छ ।तीन दशक भन्दा लामो इतिहासमा बोनस शेयर मात्रै २ अर्ब २६ करोड रुपैयाँ प्रदान गरिसकेको छ।

download (1)

कम्पनीका शेयरधनीले अहिलेसम्म १० करोड रुपैयाँ भन्दा बढिको नगद लाभांस प्राप्त गरिसकेका छन्। कम्पनीले २ करोडको पुँजीलाई तीन अर्ब ३९ करोड रुपैयाँ पुर्याइसकेको छ।पछिल्लो १६ वर्षको अवधिमा बोनस शेयरलाई बढि प्राथमिकता दिएको कम्पनीले जीवन बीमा व्यवसायको दुई चक्र पुरा गरिसकेको छ।

शेयर संरचना

कम्पनीको स्थापना हुँदा नै नेशनल लाइफले १० प्रतिशत शेयर सहित विदेशी साझेदार भित्र्याएको थियो। उनिहरुको तर्फबाट एक जना सञ्चालन हुने व्यवस्था रहेको थियो। आजका दिनमा उक्त हिस्सा घटेर २.१५ प्रतिशतमा खुम्चिएको छ। राष्ट्रिय बाणिज्य बैंकको १० प्रतिशत लगानी रहेको कम्पनीको नेपाली संस्थापकहरुको हिस्सा ५२.८२ प्रतिशत रहेको छ। सर्वसाधारणको शेयर हिस्सा ३५ प्रतिशत रहेको छ। कम्पनीले आर्थिक वर्ष २०७५र७६ को

build

 साधारणसभाबाट १० प्रतिशत बोनस शेयर सँगै चुक्ता पुँजी तीन अर्ब ३९ करोड रुपैयाँ पुगेको छ।

३४ वर्षको अवधिमा कम्पनीले दुई वटा चक्र पुरा गरिसकेको छ। कम्पनीले बीमितलाई दुइ चरणको फाइदा प्रदान गरिसकेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले जानकारी दिए। यस अवधिमा कम्पनीले आफुलाई परिपक्व र अनुभवी कम्पनीको रुपमा स्थापित गर्न सफल भएको छ।

भौतिक संरचना

कम्पनीले लाजिम्पाटमा आफ्नै भवनमा केन्द्रिय कार्यालय सञ्चालन गरिरहेको छ। ठमेलमा कम्पनीको आफ्नै साढे तीन रोपनी आफ्नै जग्गा छ। नेपालका प्रमुख सहरहरु पोखरा, विराटनगर, विरगञ्ज, नेपालगञ्जमा जग्गा जोड्न सफल भएको छ। सम्पत्तीका हिसावले कम्पनी सबैभन्दा धेरै सबल भैसकेको छ। कम्पनीमा १५र२० वर्ष भन्दा लामो समयदेखि काम गरेका अनुभवी कर्मचारी छन्।

कम्पनीको व्यवसायदेखि लिएर सबै कुरा स्टेवल रहेको खत्री बताउछन्। आक्रामक रुपमा आफुलाई अगाडि बढाउने भन्दा पनि स्थायी रुपमा आफुलाई सधै टिकाइ राख्ने कम्पनीको रणनीति रहेको छ। कम्पनीको जीवन बीमा कोष ३५ अर्ब भन्दा माथिको छ।

प्रतिक्रिया दिनुहोस

राजनीतिक प्रकृतिको फैसला भएको प्रचण्ड–नेपाल पक्षको टिप्पणी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले नेकपाको आधिकारिकता सम्बन्धी सर्वोच्चले गरेको फैसला अनपेक्षित र राजनीतिक प्रकृतिको ...

प्रतिनिधिसभा बैठक फागुन २६ गते सम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक फागुन २६ गते सम्मका लागि स्थगित गरिएको छ। आइतबार नेकपा प्रचण्ड र माधव पक्षको बहिष्कार र काँग्रेसको विरोध लगत्तै सूचना टाँ ...

सर्वोच्चको फैसलापछि प्रधानमन्त्री ओली अल्पमतमा

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी -नेकपा_को नाम बदर गर्दै साबिक एमाले र माओवादी केन्द्र एकताबाट बनेको नेकपाको एकीकरण भंग गरेपछि प्रधानमन्त्री क ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved