सिंहदरबारमा सुरक्षा परिषद्को आकस्मिक बैठक

  • प्रकाशित मितिः फाल्गुन ११, २०७७
  • उज्यालो प्रदेश
alt

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएका छन्। बैठक सिंहदरबारस्थित परिषद्को कार्यालयमा बिहान बस्दैछ। सुरक्षाको समग्र वस्तुस्थितिबारे समीक्षा गर्न बोलाइएको नियमित बैठक भएको बताइएको छ। कुनै विशेष एजेन्डा नभएको स्रोत बताउँछ।

संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले फैसला सुनाउने तयारी भइरहेका बेला बोलाइएको यो बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

सोमबार मात्र प्रधानसेनापति पूर्णचन्द्र थापा सर्वोच्च अदालत पुगेर प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरासँग भेटवार्ता थिए।नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेलले सेनापति सर्वोच्च अदालत पुगेर सर्वोच्चले भोग चलन गरेको सेनाको स्वामित्वको नौ रोपनी जग्गा प्राप्ति र हस्तानान्तरणका विषयमा छलफल गरेको जानकारी दिएका थिए।

तर निकै संवेदनशील घडीमा भएको यो आकस्मिक भलाकुसारी जग्गा मामिलामा मात्रै सिमित नभएको आशंका गरिएको छ। पुस ५ गते प्रधानमन्‍त्री केपी ओलीले गरेको संसद विघटनको मुद्दामा सर्वोच्चले यसै साता फैसला सुनाउँदैछ।

यसअघि सुरक्षा परिषद्को बैठक कात्तिक ५ मा प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको थियो। सुरक्षा परिषद्को प्रमुखमा प्रधानमन्त्री रहने व्यवस्था छ। प्रधानमन्‍त्री अध्यक्ष रहने राष्ट्रिय सुरक्षा परिषदमा सदस्यमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्यसचिव र प्रधानसेनापति रहने व्यवस्था छ। परिषद्को सदस्यसचिव भने रक्षाका सचिव हुन्छन्। अन्य सुरक्षा निकायका प्रमुखहरूलाई बैठकमा आमन्‍त्रितका रुपमा बोलाउने चलन छ।

२०७७ माघ २५ गते राष्ट्रिय सुरक्षा परिषद्को आयोजनामा जंगीअड्डामा भएको नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनमा सम्बद्ध निकायहरुबीच समन्वयका क्षेत्रहरुु बिषयक दुईदिने सेमिनारका निश्कर्ष एवं सुझावबारे छलफल गर्न बैठक बोलाइएको हो आजको अन्नपुर्ण दैनिकमा समाचार छ ।

 

प्रतिक्रिया दिनुहोस

राजनीतिक प्रकृतिको फैसला भएको प्रचण्ड–नेपाल पक्षको टिप्पणी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले नेकपाको आधिकारिकता सम्बन्धी सर्वोच्चले गरेको फैसला अनपेक्षित र राजनीतिक प्रकृतिको ...

प्रतिनिधिसभा बैठक फागुन २६ गते सम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक फागुन २६ गते सम्मका लागि स्थगित गरिएको छ। आइतबार नेकपा प्रचण्ड र माधव पक्षको बहिष्कार र काँग्रेसको विरोध लगत्तै सूचना टाँ ...

सर्वोच्चको फैसलापछि प्रधानमन्त्री ओली अल्पमतमा

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी -नेकपा_को नाम बदर गर्दै साबिक एमाले र माओवादी केन्द्र एकताबाट बनेको नेकपाको एकीकरण भंग गरेपछि प्रधानमन्त्री क ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved