गलत मिशिल तयार गरी दोषीलाई उन्मुक्ति दिएको भन्दै उर्लाबारी इप्रका घेराउ

  • प्रकाशित मितिः फाल्गुन १०, २०७७
  • उज्यालो प्रदेश
alt

मोरङ उर्लाबारीका ३१ वर्षिय प्रविन वास्तोलाको मृत्यु प्रकरणमा प्रहरीले गलत मिशिल तयार पारी दोषीलाई उन्मुक्ति दिएको भन्दै मृतकका आफन्त र स्थानीय वासीले इलाका प्रहरी कार्यालय उर्लावारी घेराउ गरेका छन् ।

मृतकका परिवार र आफन्तलाई चित्त नबुझेपछि पछिल्लो समय प्रहरीको अनुसन्धानमा शंकास्पद मृत्यु भएका व्यक्तिको मिसिलमा असम्बन्धित फोटो संलग्न गरेको भेटिएपछि प्रहरीले घटना ढाकछोप गर्न भुमिका खेलेको रहस्य खुलेको मृतकको परिवारको दाबी छ ।

मृतक प्रविनको हत्या भएको र हत्यामा संलग्न रहेको आंसकामा उर्लाबारी ६ का राजेश रणपहेली विरुद्ध पुष २२ गते मृतकका बुबाले किटानी जाहेरी दिएका थिए ।

इलाका प्रहरी कार्यालय उर्लाबारीमा पुस ९ गते यो घटना ज्यान सम्बन्धी कसुर दर्ता किताबको ६७ नम्बरमा उल्लेख गरिएको थियो । तर, प्रहरीले फरेन्सिक प्रतिवेदन आउन ढिलाई भएको भन्दै प्रहरीले कानुन बमोजिम २५ दिन थुनामा राखेर अनुसन्धान गर्ने अवधी पूरा भएको भन्दै पक्राउ गरिएका रणपहेलीलाई गत माघ २ गते नै छोडिदिएको थियो ।
युवकको घटनाको अनुसन्धानमा लापरवाही भएको भन्दै आफ्न्तले ईलाका प्रहरी कार्यालय उर्लाबारी परिसरमा नाराबाजी गरेका छन् ।

अनुसन्धान प्रभावकारी नभएको र आरोपित व्यक्तिले उन्मुक्ति पाएको भन्दै आइतबार पीडित परिवार र स्थानीयवासीले जिज्ञासा माग्दा प्रहरीले लापरवाही गरेको पाइएको छ ।

मिसिलमा समावेस गरिएको मृतकको तस्बीरमा चाँदीको सिक्री लगाएको पाइएपछि स्थानीयले केहिबेर इलाका प्रहरी कार्यालय घेराउ गर्नुका साथै प्रहरी विरुद्ध नारावाजी पनि गरेका थिए । त्यहि क्रम सोमबार समेत पीडित र स्थानीयवासीले कायम राखेका छन् ।

मृतक फेला पर्दा उनको गलामा सिक्री थिएन । यद्यपि प्रहरीले अनुहार नै नचिनिने गलामा सिक्री लगाएको तस्वीर घटना मुचुल्कामा संलग्न गरेको पाएपछि स्थानीय आक्रोशित बनेका हुन् । सुरुमा प्रहरीले दोषी पत्ता लगाउने आश्वासन दियो । तर, अहिले घटनाका आरोपित सबैलाई छोडिदिएको छ ।

मृतक प्रविणका बुबा प्रेमले भने –४ गते घरबाट निस्किएको छोरो ५ गते ११ बजे तिर मर्यो अरे भनेर नचिनिएको नम्बरको फोनबाट खबर आयो । ‘कहाँ मर्यो, कसरी मर्यो कसले मार्यो ,हामी परिवारका सदस्यलाई केही थाहा भएन । प्रहरी पनि प्रत्येक पटक अलग अलग बयान दिन्छ । मर्ने त मर्यो तर न्याय मर्नु भएन नि’ – उनले भने । छोराको शव मृत अवस्थामा गोदावारी अस्पतालमा भेटिएपछि परिवारले प्रविणलाई त्यहाँसम्म कसले ल्यायो भन्ने सम्म थाहा छैन ।

प्रहरी नायव उपरीक्षकको संयोजकत्वमा छानविन
जिल्ला प्रहरी कार्यालय मोरङले घटनाको सम्बन्धमा छानविन गर्न प्रहरी नायव उपरीक्षक मानबहादुर राईको संयोजकत्वमा छानविन समिति बनाइएको छ । आइतबार स्थानीयले इलाका प्रहरी कार्यालय उर्लाबारी घेराउ गरेपछि प्रहरीले छानविन समिति गठन गरेको हो ।

जिल्ला प्रहरी कार्यालयले बास्तोला मृत्यु प्रकरणको अनुसन्धानमा घटनाको तथ्यहरुमा तात्विक फरक पर्ने गरि प्रमाण संकलन र नष्ट गरि कसुरदारलाई उन्मुक्ति दिने गैह्रव्यवसायिक काम गरेको पाइएमा अनुसन्धान अधिकृतलाई कारवाही गर्ने दावी गरिएको छ । प्रहरीले सम्बन्धित इलाका इन्चार्ज, अनुसन्धान अधिकृत, प्रहरी कर्मचारी समेतलाई कारवाही गरिने भन्दै घटनाको अनुसन्धान नयाँ प्रक्रियाबाट गर्ने जिल्ला प्रहरी कार्यालय मोरङले विज्ञप्तीमार्फत जानकारी दिइएको छ ।

घटनाको सुरुवाती फेहरिस्तदेखि अहिलेसम्मको अवस्थाको अनुसन्धान गर्ने गरि टोलि खटाइएको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए । प्रहरीले जिल्ला सरकारी वकिलको रायका आधारमा जिम्मा जमानीमा छोडेको हो, पूर्ण उन्मुक्ति दिएको हैन, उपरीक्षक खड्काले भने –घटनाको अनुसन्धानमा त्रुटी रहेको पाइएमा संलग्न प्रहरीलाई कारवाही हुन्छ ।

प्रतिक्रिया दिनुहोस

राजनीतिक प्रकृतिको फैसला भएको प्रचण्ड–नेपाल पक्षको टिप्पणी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले नेकपाको आधिकारिकता सम्बन्धी सर्वोच्चले गरेको फैसला अनपेक्षित र राजनीतिक प्रकृतिको ...

प्रतिनिधिसभा बैठक फागुन २६ गते सम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक फागुन २६ गते सम्मका लागि स्थगित गरिएको छ। आइतबार नेकपा प्रचण्ड र माधव पक्षको बहिष्कार र काँग्रेसको विरोध लगत्तै सूचना टाँ ...

सर्वोच्चको फैसलापछि प्रधानमन्त्री ओली अल्पमतमा

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी -नेकपा_को नाम बदर गर्दै साबिक एमाले र माओवादी केन्द्र एकताबाट बनेको नेकपाको एकीकरण भंग गरेपछि प्रधानमन्त्री क ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved