पाटीको संगठनात्मक संंरचना मिलाउन प्रचण्ड माधव विच बराबरीको सदस्य बाँडफाँड गर्ने सहमति

  • प्रकाशित मितिः फाल्गुन ९, २०७७
  • उज्यालो प्रदेश
alt

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा विभाजन भएपछि दुवै समूहले तल्लो तहसम्म सङ्गठनात्मक संरचना निर्माणमा तीव्रता दिएका छन्। विभाजित नेकपाको अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालबीच सङ्गठनात्मक संरचना पूरा गर्नका लागि सहमति बनेको हो।

फागुन ७ गते केन्द्रीय कमिटीको बैठकको निर्णयअनुसार ९ बुँदे सहमति पत्र बनेको केन्द्रीय सदस्य ठाकुर गैरेले बताए। ‘केन्द्रीय कमिटीको बैठकमा छलफल भएको थियो। त्यही अनुसार सङ्गठनात्मक संरचना तयार गर्नका लागि ९ बुँदे सहमति बनेको छ’ उनले भने।

प्रचण्ड–माधव पक्षको सहमति पत्रमा प्रदेश र जिल्लाका इन्चार्ज, सह इन्चार्ज एवं पार्टी कमिटीहरु तथा जन संगठनका पदाधिकारीहरूमा रिक्त स्थानमा आधारआधा हुनेगरी मिलाउने सहमति बनेको छ।

पार्टी कमिटीहरू तथा जनवर्गीय संगठनका तहमा पनि ५०र५० प्रतिशत हुनेगरी मिलाउने भएको छ। पार्टी कमिटी तथा जनवर्गीय संगठनका रिक्त स्थान पूर्ति गर्दा साविक घटकको कमिटी र जन संगठनमा वरीयतामा अगाडि रहेकालाई प्राथमिकता दिने भएको छ।

एकीकरणको काम वा रिक्त पदको पूर्ति गर्दा वरीयताको आधारमा जिम्मेवारी दिनुपर्ने दिने भएको छ। पार्टीका सबै कामहरु तोकिएको मापदण्ड र आधारमा टुंगाउने सहमति बनेको छ।

प्रतिक्रिया दिनुहोस

राजनीतिक प्रकृतिको फैसला भएको प्रचण्ड–नेपाल पक्षको टिप्पणी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले नेकपाको आधिकारिकता सम्बन्धी सर्वोच्चले गरेको फैसला अनपेक्षित र राजनीतिक प्रकृतिको ...

प्रतिनिधिसभा बैठक फागुन २६ गते सम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक फागुन २६ गते सम्मका लागि स्थगित गरिएको छ। आइतबार नेकपा प्रचण्ड र माधव पक्षको बहिष्कार र काँग्रेसको विरोध लगत्तै सूचना टाँ ...

सर्वोच्चको फैसलापछि प्रधानमन्त्री ओली अल्पमतमा

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी -नेकपा_को नाम बदर गर्दै साबिक एमाले र माओवादी केन्द्र एकताबाट बनेको नेकपाको एकीकरण भंग गरेपछि प्रधानमन्त्री क ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved