प्रचण्ड–नेपाल पक्षको प्रेस संगठनको नेतृत्व

  • प्रकाशित मितिः फाल्गुन ९, २०७७
  • उज्यालो प्रदेश
alt

प्रचण्ड–नेपाल पक्षको प्रेस संगठनको नेतृत्व चयनःकसले के जिम्मेवारी पाए ?
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएसँगै पार्टी निकटका पत्रकारको संगठन प्रेस संगठनको नेतृत्व हेरफेर भएको छ । नेकपा प्रचण्ड–नेपाल समूहको प्रेस संगठनको नेतृत्वको जिम्मेवारी हेरफेर गरेको हो । योसँगै नेकपा विभाजनपछि पत्रकारको संगठन पनि औपचारिक रूपमा विभाजित भएको छ ।

महेश्वर दाहाल संयोजकत्वको प्रेस संगठनको कार्यसमिति चयन भएको छ । निर्वाचित प्रतिनिधिको सर्वोच्च थलो संविधानसभाबाट बनेको संविधानविरुद्ध प्रतिनिधिसभा विघटन भएको भन्दै पत्रकारको संगठनसमेत विभाजित भएको हो।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गरिएको संविधानविरुद्ध प्रहार गरेको भन्दै दोस्रो राष्ट्रिय भेलाले संगठनको जिम्मेवारी हेरफेर गरेको हो । संगठनको संयोजक महेश्वर दाहाल बनेका छन् भने सहसंयोजक विश्वमणि सुवेदी र विष्णु सापकोटा बनेका छन् । महासचिवको जिम्मेवारी राजेश राईले पाएका छन् ।

कार्यालय सदस्यमा अमृतनाथ तिम्सिना, कमल गिरी, गंगा बराल, चमिना भट्टराई, देवराम यादव, ध्रुव बुढाथोकी, नरेन्द्र साउद, मनोज घर्तीमगर, मौसम रोकामगर, राजेश राई, रामकुमार एलन, विवेक गौतम, विश्वमणि सुवेदी, विष्णु सापकोटा, सइन्द्र राई, सुरेशचन्द्र अधिकारी, सुरोजंग पाण्डे र हेमकर्ण विक रहेका छन् ।

प्रेस संगठन, नेपाल

प्रेस विज्ञप्ति

श्रमजीवी पत्रकारहरुको अग्रणी तथा गौरवशाली संगठन प्रेस संगठन नेपाल श्रमजीवी पत्रकारहरुको पेशागत हकअधिकार र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता रक्षाको निम्ति अविचलित रुपमा क्रियाशिल रहदैं आएको यहाँहरुलाई सर्वविदितै छ । निर्वाचित प्रतिनिधिहरूको सर्वोच्च थलो संविधानसभाबाट बनेको संबिधानमाथि प्रहार गर्दै ५ पुस २०७७ मा सरकारले चालेको असंवैधानिक र अलोकतान्त्रिक कदमपछि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि नयाँ चुनौती र खतरा पैदा भएको छ ।

प्रतिनिधिसभा विघटनको यो कदम २०६२र ०६३ को जनआन्दोलनको बलमा स्थापित संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था र संविधानसभाद्वारा जारी संविधानको संवैधानिक व्यवस्थाविरुद्ध रहेको ठहर सहित प्रेस संगठन नेपाल अभियान र आन्दोलनमा छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गरिएको यो संबिधान विरुद्धको प्रहार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्धकै कदम हो भन्ने हाम्रो ठहर छ । यही परिवर्तित सन्र्दभमा ६ पुस २०७७ मा सम्पन्न दोस्रो राष्ट्रिय भेलाले निर्देशित गरे बमोजिम प्रेस संगठन नेपालको निम्न अनुसारको जिम्मेवारी हेरफेर गरिएको छ ।

तपशील ः

संयोजकः महेश्वर दाहाल

सह–संयोजकःविश्वमणि सुवेदी

सह–संयोजकः विष्णु सापकोटा

महासचिवःराजेश राई

कार्यालय सदस्य

अमृतनाथ तिम्सिना,कमल गिरी,गंगा बराल,चमिना भट्टराई,देवराम यादव,ध्रुव बुढाथोकी,नरेन्द्र साउद,मनोज घर्तीमगर,मौसम रोकामगर,राजेश राई,रामकुमार एलन,विवेक गौतम,विश्वमणि सुवेदी,विष्णु सापकोटा,सइन्द्र राई,सुरेशचन्द्र अधिकारी,सुरोजंग पाण्डे, हेमकर्ण वि.क रहेका छन् ।

अनुशासन आयोग
संयोजक ः सन्तोष पौडेल
सह–संयोजकः शिव ढुङाना

लेखा आयोग
संयोजक ःभवानी कार्की,सह–संयोजक ःनरेन्द्र के.सी

प्रदेश कमिटी तर्फ

प्रदेश नम्बर एकः
इन्चार्जः राजन केडी,सह–इन्चार्जः तिर्थ सिग्देल
सह–इन्चार्ज ः स्मिता निरौला,संयोजक, देबेन्द्र कार्की
सह–संयोजक,एक्सन राई,सह–संयोजक, मुक्ती पौडेल
सह–संयोजक , भिम राई सचिव ःसुजन तिम्सिना

 

प्रतिक्रिया दिनुहोस

राजनीतिक प्रकृतिको फैसला भएको प्रचण्ड–नेपाल पक्षको टिप्पणी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले नेकपाको आधिकारिकता सम्बन्धी सर्वोच्चले गरेको फैसला अनपेक्षित र राजनीतिक प्रकृतिको ...

प्रतिनिधिसभा बैठक फागुन २६ गते सम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक फागुन २६ गते सम्मका लागि स्थगित गरिएको छ। आइतबार नेकपा प्रचण्ड र माधव पक्षको बहिष्कार र काँग्रेसको विरोध लगत्तै सूचना टाँ ...

सर्वोच्चको फैसलापछि प्रधानमन्त्री ओली अल्पमतमा

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी -नेकपा_को नाम बदर गर्दै साबिक एमाले र माओवादी केन्द्र एकताबाट बनेको नेकपाको एकीकरण भंग गरेपछि प्रधानमन्त्री क ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved