आफ्नो पक्षमा निर्णय नभए देशभर आन्दोलन हुन्छः प्रधानमन्त्री ओली

  • प्रकाशित मितिः फाल्गुन ८, २०७७
  • उज्यालो प्रदेश
alt

विराटनगरः प्रधानमन्त्री एवं केपी ओलीले आफ्नो पक्षमा निर्णय नभए देशभर आन्दोलन हुने बताएका छन् ।

शनिबार विराटनगरमा नेकपा प्रदेश एकले गरेको जनसभालाई सम्बोधन गर्दै निर्वाचन आयोगले आफ्नो पक्षमा निर्णय नग , चुनाव चिन्ह सुर्य आँफैले नपाए आन्दोलन गर्ने बताए । उनले सर्वोच्च अदालतको निर्णय पनि आँफु अनुकुल हुने जिकिर गरे । सर्वोच्च अदालतले देशभरको सभा हेरिरहेको होला भन्दै देशलाई अस्थितरतातर्फ फर्काउँन कसैले नसोचे हुन्छ भनि जनताको मनोभावना हेर्न समेत आग्रह गरे । ‘देशभरमा अब कुनै शक्तिले रोक्न सक्दैन,’उनले भने,‘स्थितरता चाहिनका लागि पनि हामीले नै पुनः नेतृत्व गर्नुपर्छ । हाम्रो पक्षमा निर्णय नभए देशभर आन्दोलन हुनेछ ।’

जनताले पुनः निर्वाचन मार्फत ताजा जनादेशमा जान चाहेको देशभरका सभामा पुष्टि भइरहेको भन्दै जनताले चुनावको अनुमोदन गरेको बताए । उनले निर्वाचन आयोगले चुनावको काम गरिरहेको भन्दै चुनाव नहुने होकी भन्ने भ्रम नपाल्न आग्रह गरे । नेकपाको अर्को खेमाले गरेको हल्लाजस्तो चुनाव अनिश्चित नभएको र निर्धारित समयमै चुनाव गराउँन सरकार लागि परेको पनि ओलीले ठोकुवा गरे

उनले विराटनगरको सभामा उपस्थित भएका कार्यकर्तालाई हौसाउँदै जनता परिवर्तनको पक्षमा भएको बताए । आफूले नजिते पुनः स साना दलहरु मिलेर यसअघि बने जस्तो अस्थिर सरकार हुने भन्दै चुनावबाट आएको फ्रेस म्याण्डेटले ५ वर्ष ढुक्क सरकारले चलाउने र आफ्नो पार्टीलाई नै जनताले रोज्नेमा आफु विश्वस्त रहेको पनि बताए ।

उनले विराटनगरको विराट नर्सिङ होमको नजिकै भएको सभामा उपस्थित जनतालाई भने,‘आजको सभालाई क्यामेराले पनि कैद गर्न सक्दैन । उ त्यो ड्रोनले पनि सक्दैन ।’ उनले आकाश तिर हेर्दे अर्धचन्द्रमालाई देखाउँदै थपे,‘विराटनगरका विभिन्न चौकमा लगाइएको माइक र एलइडी स्क्रिन हेरिरहेका जनतालाई एकै पटक हेर्न र आकाशको चन्द्रमाले मात्रै भ्याउँछ ।

यसअघि ओलीले प्रचण्ड र माधव नेपाललाई ब्यँग्य हाने । उनले नेपालप्रति कटाक्ष गर्दै भने,‘अध्यक्ष चाहिने भए निर्वाचनमा जीत्नुपथ्र्यो । निर्वाचन आयोगले अध्यक्षमा मलाइ र दाहाल जीलाई मात्र चिन्यो । वहाँ नेपाल लाई चिनेनछ । वहाँ खोइ के को अध्यक्ष हुँ भन्दै अझै आसन ग्रहण गर्दैहुनुहुन्छ लाज हुनुपर्ने हो ।

त्यस्तै प्रचण्डलाई ओलीले सिँग जुरो फुक्लिसकेको गोरुको सँज्ञा दिए । उनले भने,‘पाटी एकता गरेर मैले वहाँ प्रचण्ड लाई सिँग पनि र जुरो पनि लगाइ दिएको थिएँ । वहाँको शक्ति यदि बढ्यो कि भनि साध्ये भएन ।’ उनले निर्वाचनमा सानो हैसितमा रहेको दललाई एकता गरेर बराबरी अवस्थामा ल्याउँदा पनि प्रचण्डलाई नफापेको बताए ।

प्रतिक्रिया दिनुहोस

राजनीतिक प्रकृतिको फैसला भएको प्रचण्ड–नेपाल पक्षको टिप्पणी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले नेकपाको आधिकारिकता सम्बन्धी सर्वोच्चले गरेको फैसला अनपेक्षित र राजनीतिक प्रकृतिको ...

प्रतिनिधिसभा बैठक फागुन २६ गते सम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक फागुन २६ गते सम्मका लागि स्थगित गरिएको छ। आइतबार नेकपा प्रचण्ड र माधव पक्षको बहिष्कार र काँग्रेसको विरोध लगत्तै सूचना टाँ ...

सर्वोच्चको फैसलापछि प्रधानमन्त्री ओली अल्पमतमा

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी -नेकपा_को नाम बदर गर्दै साबिक एमाले र माओवादी केन्द्र एकताबाट बनेको नेकपाको एकीकरण भंग गरेपछि प्रधानमन्त्री क ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved